स्लाभा बोजिसेविकका दुई कविता
- असार १७, २०८२ मा प्रकाशित
१. हावा सँग एकाकार
सुस्तरी,
एक कोमल पवन जस्तै
तिमी मेरो जीवनमा आयौ
तिमीले दिएको न्यानोपन र
आहा त्यो मधुर बोली
अग्ला देबदारका टुप्पोमा हल्लिदै गरेका पातहरु
अलौकिक चिन्ह जस्तै
जहा हावाले आफ्नो गीत गाउदै छ
त्यो गीतको खुसीमा तिमी र म मक्ख छौं
त्यो हावाको झोकालाई मेरो बारेमा सोधन !
अपबित्र बिचार त हुरीले उडाएर लगिसक्यो
तिमीलाई थाहा छ की छैन !
कहिले कही त्यो हावाले,
तिमीले पिउने गरेको सुर्तीको गन्ध मिसाएर आउँछ
मैले गगनलाई अंकमाल गरिसके
म सब्दहीन गीतहरु गाउदै छु
र त्यो गीत
हावाले तिमी सामु लिएर आउदै छ
त्यो हावा सँग एकाकार भएर
मेरो हालखबर सोध है !
२.अनन्त मौनतामा
सन्नाटा,
हिउँ पर्दाको एक उत्सव जस्तै
दुई आत्माको मिलन पछिको
एक धड्कन
एक ब्रम्हाण्ड जस्तै
एकान्तमा म तिम्रो अन्तरमनको क्रन्दन
महसुस गर्दछु
जसले मलाई पनि बेचैन बनाउँछ
मौनता भनेको
सबैभन्दा गहिरो स्थिरता
जमेको समुन्द्र
वा
नर्कको हो,
जब
प्रियजनको मृत्यु
तपाईंको काखमा
हुन्छ….
मेरा सबै इन्द्रियहरूले मौनता महसुस गर्दछन्
जब
म
शान्त दृश्य र
शब्दहीन ताराहरू हेर्दै
बाटो हिंडिरहेको हुन्छु,
हाम्रा रहस्यका रक्षकहरू
हर्षले चम्किरहेका हुन्छन्।
म आफूले माया गर्ने सबैलाई अभिवादन गर्छु र
उनीहरूलाई मेरो न्यानो माया पठाउँछु।
म अभिवादनसँगै हात हल्लाउँछु
प्रियजनहरूलाई पनि
जो अब
मसँगै
हिँड्दैनन्
जो अज्ञात ठेगानामा, अनन्त मौनतामा
हराइसकेका छन् ।
(स्लाभा बोज़िसेविक, क्रोएसिया)
(नेपाली अनुवादक – कवि भोज कुमार धमला)
ट्रेन्डिङ
-
आश्विन २, २०८३काठमाडौँको पूर्वी भेगमा शिक्षाको आमूल रूपान्तरण गर्दै तीन हस्ती
-
आश्विन २, २०८३राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल द्वारा संविधान कार्यान्वयनको दोस्रो दशकःअवसर र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन
-
भाद्र ३१, २०८३बागमती करिडोरको फोहोर केन्द्र बन्द, मेयर रिसाल र प्रहरी एक्सनमा (भिडियो सहित)
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments