नेपाल पानी उद्योग महासंघको साधारणसभा पुस तेस्रो साता हुने
- मंसिर १७, २०८२ मा प्रकाशित
काठमाडौं – नेपाल पानी उद्योग महासंघको प्रथम साधारणसभा आगामी पुस १५ गते काठमाडौंमा हुने भएको छ । मंसिर १२ गते मधेश प्रदेशको राजधानी धनुषा जिल्लाको जनकपुरधाममा सम्पन्न भएको महासंघको तेस्रो पूर्ण बैठकले आगामी पुस १५ गते काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो ।
त्यस्तै महासंघको साधारण सदस्यता लिन चाहने पानी उद्योगहरुले सम्बन्धित जिल्ला संघको सदस्यता पत्र सहित पानी उद्योगको रुपमा स्थापना भई संचालनमा रहेको उद्योगको प्रमाणपत्रका साथै सिफारिसमा तोकिएको शुल्क सहित यहि मंसिर महिनाभित्र महासंघको कार्यालयमा निवेदन दिन सकिने समेत महासंघले जानकारी गराएको छ ।
देशैभरका जार तथा बोतलका पिउने पानी उत्पादक गर्ने तथा पानी जन्य बस्तु उत्पादन गर्ने उद्योगीहरुको छाता संगठनका रुपमा गत असार ९ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भएसँगै महासंघ घोषणा गरिएको थियो ।
देशै भरीका सातै प्रदेश , जिल्ला , नगर तथा क्षेत्रीय संघका उद्योगी प्रतिनिधिहरूको सहभागितामा नेपाल पानी उद्योग महासंघ बनेको हो । महासंघले देशैभरिका उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वच्छ पिउने पानी उत्पादन गरेर बजारमा बिकी वितरण गर्ने पहिलो लक्ष्य राख्दै आएको छ । महासंघले सातै प्रदेशका प्रदेश , जिल्ला ,नगर तथा क्षेत्रीय संघलाई सदस्यता वितरण समेत गरिसकेको छ ।
देशभर झण्डै ७ सय भन्दा बढि पानी उत्पादन गर्ने तथा पानी जन्य बस्तु उत्पादन गर्ने उद्योगहरु रहेका छन् । पानी उद्योगमा १५ अर्ब भन्दा बढि लगानी भएको छ भने उद्योगबाट २२ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यस्तै पानी उद्योगमा रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले रोजगारीको प्रत्यक्ष लाभ लिदै आएका छन् ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments