•  ६ आश्विन २०८३, मंगलवार

यौन इच्छा जागेपछि…

- आश्विन ६, २०८३ मा प्रकाशित

काठमाडौं – यौन इच्छा जाग्नु मानव शरीरको सामान्य जैविक प्रक्रिया हो। यस्तो अवस्थामा शरीरमा हर्मोन तथा स्नायु प्रणालीको सक्रियताका कारण केही शारीरिक र भावनात्मक परिवर्तन देखिन सक्छन्। महिलाले यौन सम्बन्ध राख्न चाहेका बेला देखाउने ५ व्यवहारको वारे यहाँ चर्चा गरिएको छ।

१.नजिक आउन खोज्ने
महिला अनपेक्षितरूपमा तपाईँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाईलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरू खुट्टाको बुढी औंलाले भुइँमा कोतर्न थाले भने पनि उनीहरूको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरू च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२.अँगाल्दा कम्मर वा अन्यत्र हात राख्ने

यदि तपाईँसँग रहेकी स्त्रीले तपाईंलाई अंगालीरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाईंसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाईँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

३.लामो र गहिरो श्वास लिने
यदि स्त्रीले तपाईको नजिक भएर लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नु भयो भने उनलाई उत्तेजना भइरहेको छ भन्ने बुझ्नुस् । महिला उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरू उत्तेजित भएपछि उनीहरूको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदो गरी पुरुषको संवेदनशील भागमा छुने समेत गर्छन् ।

४.पुरुषसँग एकान्त बस्न चाहने
यदि कुनै पनि स्त्रीले तपाईंसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भयो वा धेरै समय तपाईसँग बिताउन चाहेको बुझ्नु भयो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

५.अनुहार रातो हुने
स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरूको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकांश महिलाको अनुहारमा पनि यो चाहना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता सामान्य लक्षण हुन् ।

यौन इच्छा जागेपछि देखिन सक्ने सामान्य संकेतहरू :

  • मुटुको धड्कन र श्वासप्रश्वास केही तीव्र हुनु
  • शरीरमा रक्तसञ्चार बढ्नु र छालामा न्यानोपन महसुस हुनु
  • जननाङ्ग क्षेत्रमा संवेदनशीलता तथा रक्तसञ्चार बढ्नु
  • महिलामा प्राकृतिक योनिस्नेहन बढ्नु
  • पुरुषमा लिङ्ग उत्तेजित हुनु
  • स्पर्शप्रति संवेदनशीलता बढ्नु
  • नजिकिन वा शारीरिक सम्पर्कको इच्छा बढ्नु
  • ध्यान र भावनामा यौनसम्बन्धी विचार बढी आउनु

यी संकेतहरू व्यक्ति अनुसार फरक हुन सक्छन् र हरेक पटक सबै संकेत देखिनैपर्छ भन्ने हुँदैन। तनाव, थकान, हर्मोन, औषधि तथा सम्बन्धको अवस्था जस्ता कुराले पनि यौन इच्छामा प्रभाव पार्न सक्छन्।

Comments