न्युटन इन्टरनेशनल कलेजले सुरु गर्यो स्नातकोत्तर तहको अध्यापन ,५० प्रतिशत छुटको व्यवस्था
- पुष १७, २०८२ मा प्रकाशित
काठमाडौं : गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ नारायणटारमा रहेको न्युटन इन्टरनेशनल कलेजले स्नातकोत्तर तहको अध्यापन सुरु गरेको छ। कलेजले स्नातकोत्तर तहमा जनसंचार र पत्रकारिता, विकास संचार (Mass communication and Journalism र Development communication) का शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको क्याम्पस प्रमुख दिपेश आचार्यले जानकारी दिनुभएको छ ।
कलेजले शिक्षिक सत्र २०८२/०८३ का लागि स्नातकोत्तर तहमा भर्ना हुन चाहाने विद्यार्थीहरूलाई स्नातकोत्तर तहमा ५० प्रतिशत शुल्क छुटको व्यवस्था समेत गरेको छ । यो छुट सुविधा प्राप्त गर्नका लागि विद्यार्थीले पुस मसान्तसम्म आवेदन दिईसक्नु पर्ने छ । स्थानीय विद्यार्थीलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ यो सुविधा उपलब्ध गराइएको कलेजले जनाएको छ ।
न्युटन इन्टरनेशनल कलेजले अनुभवी प्राध्यापक, आधुनिक शिक्षण विधि र आवश्यक पूर्वाधारसहित अध्यापन गराउँदै आएको छ । कलेज प्रशासनका अनुसार स्नातकोत्तर तहका कार्यक्रमहरू रोजगारमुखी र अनुसन्धानमा आधारित हुनेछन्। कलेजले दिएको जानकारी अनुसार भर्ना प्रक्रिया सुरु भइसकेको छ ।
पछिल्लो समय न्युटन कलेजमा विश्वबजारमा आवश्यक सीप, क्षमतामा आधारित शिक्षा प्रदान गरिने भएकाले विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्ने गरेको छ । विद्यार्थीलाई पाठ्यक्रम लक्षित ज्ञान, सीपका अतिरिक्त विद्यार्थीको क्षमता र रुचिमैत्री शिक्षाको योजना अनुरुप जीवनोपयोगी सीपहरूमा कलेजले जोड दिएकै कारण पनि अभिभावक र विद्यार्थीको रोजाइमा न्युटन कलेज पर्दै आएको छ ।
ट्रेन्डिङ
-
श्रावण २४, २०८३नेपाल पानी उद्योग महासंघको टोली स्वदेश फिर्ता,बस्तु आयात-निर्यातमा सम्झौता
-
श्रावण १९, २०८३नेपाल पानी उद्योग महासंघको टोली ओमान प्रस्थान, पानी निर्यातका लागि ऐतिहासिक ‘B2B’ सम्झौताको सम्भावना
-
श्रावण १७, २०८३विश्वकपपछि मैदान फर्किए मेसी , जियानी इन्फान्टिनोमाथि अविश्वासको प्रस्तावदेखि राजीनामासम्म
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments