नेपाल पानी उद्योग महासंघको तेस्रो कार्यसमिति पूर्ण बैठक जनकपुरमा सम्पन्न
- मंसिर १५, २०८२ मा प्रकाशित
जनकपुर – नेपाल पानी उद्योग महासंघको तेस्रो पूर्ण बैठक मधेश प्रदेशको राजधानी धनुषा जिल्लाको जनकपुरधाममा सम्पन्न भएको छ । बैठकले महत्वपूर्ण निर्णयहरू समेत गरेको छ । बैठकको व्यवस्थापन जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायी संघले गरेको थियो।
बैठक पानी संघका अध्यक्ष संजय कुमार झाको अध्यक्षता तथा नेपाल पानी उद्योग महासंघका अध्यक्ष समेत रहेका विक्रम लिम्बू चेम्जोङको प्रमुख आतिथ्यतामा बसेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् महासंघका अध्यक्ष चेम्जोङले प्रशोधित पिउने पानीका उद्योग तीव्र रूपमा विस्तार भइरहे पनि उद्योगीहरू अझै पनि कानुनी अस्पष्टता , नियामक निकाय अनुगमनको कमजोरी र बजार व्यवस्थापन जस्ता समस्याबाट प्रभावित भइरहेको बताए। उनले गुणस्तरयुक्त पिउने पानी उत्पादन गर्नु उद्योगीहरूको व्यापार मात्र नभएर जनस्वास्थ्य सँग जोडिएको गम्भीर जिम्मेवारी समेत रहेको बताएका छन् ।
चेम्जोङले सबै प्रदेशका पानी उद्योगीहरुलाई एकजुट गर्दै उद्योगको दीर्घकालीन सुधार, गुणस्तर मापदण्डको एकरूपता र मूल्य स्थिरता सुनिश्चित गर्न महासंघले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्।
बैठकमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट उपस्थित उद्योगी तथा व्यवसायीहरूले उद्योगभित्रका चुनौती, सम्भावना तथा सुधारका सुझाव राख्दै प्रदेशस्तरीय सशक्त संरचना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

पानी उद्योगीहरुको उलेख्य सहभागिताका साथमा भएको बैठकमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायतकाले आ-आफनो तर्फबाट मन्तव्य राखेका थिए।
बैठकमा महासंघको संस्थागत सुदृढीकरण, प्रदेश तथा जिल्ला तहमा संगठनको सक्रियता अभिवृद्धि गर्ने, पानी उद्योग व्यवसायीहरूको हकहित संरक्षण गर्ने, पानी उद्योगमा देखिएका समस्या समाधानका लागि सरकारसँग आवश्यक पहल गर्ने लगायतका विषयहरूमा छलफल भएर निर्णय भएको महासंघले जनाएको छ ।
यसैगरी बैठकले महासंघलाई अझ सबल, सशक्त र प्रभावकारी बनाउनका लागि आगामी दिनमा अपनाउनुपर्ने रणनीति, नीति तथा कार्यक्रमहरू तय गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू समेत पारित गरको महासंघका महासचिव ध्रुब प्रसाद अधिकारीले बताएका छन् ।
नेपाल पानी उद्योग महासंघ आफ्नो उद्देश्यप्रति सदैव प्रतिबद्ध रहँदै उद्योग व्यवसायको सुदृढ विकास, गुणस्तरीय पानी उत्पादन, उपभोक्ता अधिकार संरक्षण र दिगो उद्योग प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने भएको छ । महासंघको बैठकको मधेश प्रदेश समन्वय समितिले सहजीकरण गरेको थियो ।
बैठकले मधेश प्रदेश पानी संघलाई नेपाल पानी उद्योग महासंघको सदस्यता समेत हस्तान्तरण गरेको छ । त्यस्तै बैठकले नेपाल पानी उद्योग महासंघको प्रथम साधारणसभा आगामी पुस १५ गते काठमाण्डौमा गर्ने समेत निर्णय गरेको छ ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments