प्रहरी परिसर काठमाडौँद्वारा नगरप्रमुख रिसाल सम्मानित
- पुष १४, २०८२ मा प्रकाशित
काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँले गोकर्णेश्वर नगरपालिकालाई विशेष योगदान गरेको भन्दै कदरस्वरूप सम्मान गरेको छ। “हाम्रो प्रहरी” अभियान शुभारम्भको अवसरमा वसन्तपुरमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललाई सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गर्नुभएको हो।
जेनजी आन्दोलनपछिको कठिन परिस्थितिमा गोकर्णेश्वर नगरपालिका भित्रका प्रहरी चौकी तथा महानगरीय प्रहरी वृत्त बौद्धको पुनर्निर्माण, कार्यालय व्यवस्थापन तथा यातायात सुरक्षाका लागि आवश्यक साधन–सामग्री उपलब्ध गराउँदै नगरपालिकाले महत्वपूर्ण भूमिका खेलेकोमा उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामाको समेत उपस्थिति रहेको थियो।

नगरपालिकाले जेनजी आन्दोलनका क्रममा तहसनहस भएका गोकर्णेश्वर नगरपालिकाभित्रका ७ वटा प्रहरी चौकीको स्थानीयवासी र नगरपालिकाको सहकार्यमा १५ दिनभित्र पुनर्निर्माण सम्पन्न गरिएको थियो। साथै, नगरपालिकाले आगजनीबाट नष्ट भएका प्रहरी चौकीका सवारी साधनको अभाव पूर्ति गर्न प्रत्येक प्रहरी चौकीलाई ७–७ वटा मोटरसाइकल प्रदान गरको थियो।
त्यस्तै नगरपालिकाले महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धको भवन जलेपछि गोकर्णेश्वर नगरपालिका–५ नारायणटारस्थित १ रोपनी क्षेत्रफलमा बनेको बंगला ट्राफिक प्रहरी व्यवस्थापनका लागि उपलब्ध गराइएको थियो। साथै ट्राफिक प्रहरीलाई एक थान मोटरसाइकल समेत प्रदान गरिएको छ।
सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नगरपालिकाले करिब १० लाख रुपैयाँ बराबरका सडक डिभाइडर, मापसे चेकिङ मेसिन, ह्विल लक, लाइटलगायत आवश्यक सामग्री महानगरीय ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ।
दुर्घटना न्यूनीकरण र सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाका ४ स्थानमा करिब ५० लाख रुपैयाँ लागतमा ट्राफिक लाइट जडान गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको थियो, जसको उद्घाटन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नै गर्नुभएको थियो।
त्यसैगरी, महानगरीय प्रहरी वृत्त बौद्धको पुनर्निर्माणका लागि गोकर्णेश्वर नगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेको थियो।
त्यस्तै नगरपालिकाले प्रहरी चौकीहरूलाई कम्प्युटरलगायत अन्य आवश्यक सामग्री समेत उपलब्ध गराएको छ। नगरप्रमुख दीपक रिसालले सम्मानप्रति आभार व्यक्त गर्दै शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन र नागरिक सुरक्षाका लागि गोकर्णेश्वर नगरपालिका सधैं प्रहरी प्रशासनसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ट्रेन्डिङ
-
श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-९ कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
श्रावण ४, २०८३सरकार बेपत्ता हुँदा पानी जारमा एम्बुसिङ मापदण्ड फितलो-संघबाटै उद्योगीमा भ्रम फैलाउने कार्य
-
असार ३१, २०८३हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोग्राफी
-
असार २८, २०८३सरकारको कार्यशैलीप्रति महतो असन्तुष्ट, जनताको धैर्यको परीक्षा नलिन चेतावनी
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-९ कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments