गोकर्णेश्वर नगरपालिकाद्वारा कृषि औजार वितरण गर्ने सम्बन्धी सूचना सार्वजनिक
- मंसिर २२, २०८२ मा प्रकाशित
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले कृषि औजार मिनिटिलर वितरण गर्ने सम्वन्धमा आज सूचना जारी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले जारि गर्नु भएको सूचना अनुसार कृषि विकास शाखाको आ.व. ०८२-०८३ सालको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण कार्यक्रम गर्ने भएको छ ।
मिनिटिलर लिन चााहने कृषक समूह, निजि कृषि फर्म तथा कृषि सहकारीका इच्छुक कृषकहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र कृषि विकास शाखा गोकर्णमा निवेदन पेश गर्न हुन अनुरोध गरिएको छ ।
निवेदनका साथमा निम्न लिखित आवश्यक कागजात पेश गर्नु पर्ने सूचनामा जनाइएको छ ।
१) कार्यकम मागको निवेदन ।
२) नागरिकता प्रमाणपात्रको फोटोकपी एक प्रति ।
३) गोकर्णेश्वर नगरपालिका अन्तर्गत दर्ता तथा नविकरण भएको प्रमाण पत्रको फोटोकपि एक प्रति ।
४) जग्गाको लालपूर्जा तथा जग्गा भाडामा भए सम्झौताको फोटोकपी एक प्रति ।
५) करचुक्ता प्रमाणपात्रको फोटोकपी एक प्रति ।
६) स्थायी लेखा नं। प्रमाण पत्रको फोटोकपी एक प्रति ।
७) सम्वन्धित वडा कार्यालय कृषि विकास शाखामा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।
८) सम्वन्धित वडा कार्यालयको सिफारिसपत्र एक प्रति ।
यसैगरि थप जानकारीका लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ । ०१-५९२०७३५, ९८४१५४९१५७, ९८४२०६७००१, ९८४९१६४८२८, ९८४४४१७६९६

ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments