आज नेपाल पानी उद्योग महासंघको साधारण सभा हुँदै,नयाँ नेतृत्व समेत चयन हुने
- पुष १५, २०८२ मा प्रकाशित
काठमाण्डौं : आज नेपाल पानी उद्योग महासंघको प्रथम वार्षिक साधारण सभा हुँदै छ । महासंघले ललितपुर जिल्लाको गोदावरी नगरपालिका ३ स्थित होटल भ्यु भृकुटीमा आफ्नो प्रथम वार्षिक साधारण सभा गर्न लागेको हो । त्यस्तै महासंघले विभिन्न विषयहरु समेत पास गर्ने छ ।
आज हुने साधारण सभा मार्फत महासंघले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण पानी उद्योगी महानुभावहरुको उपस्थितिका लागि महासंघले आग्रह गरेको छ ।
महासंघले साधारण सभामा भाग लिन आउनुहुने पानी उद्योगी तथा प्रतिनिधि महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र साथमा लिई आउनुहुन अनुरोध समेत गरेको छ ।
त्यस्तै कुनै संगठित संस्था वा उद्योगले महासंघको सदस्यता लिएको हकमा त्यस्ता संगठित संस्था वा उद्योगको तर्फबाट खटाईएको वा मनोनित गरेको प्रतिनिधिले मात्र साधारण सभामा भाग लिन पाउने समेत उल्लेख गरेको छ ।
महासंघले गत मंसिर १२ गते मधेश प्रदेशको राजधानी धनुषा जिल्लाको जनकपुरधाममा सम्पन्न तेस्रो पूर्ण बैठकले प्रथम वार्षिक साधारण सभा बागमती प्रदेशको ललितपुर जिल्लामा गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
जेष्ठ २२, २०८३एनआरएनए (NRNA) ओहायो च्याप्टरका सचिब भट्टराई पक्राउ
-
जेष्ठ १७, २०८३नेकपा संयोजक प्रचण्डलाई भएको माइल्ड निमोनिया के हो ? स्वास्थ्य ‘सुधारोन्मुख’
-
जेष्ठ १२, २०८३प्रधानमन्त्री शाहले इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै
-
बैशाख २९, २०८३प्याब्सकको छैटौँ अधिवेशन सम्पन्न : २२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

















Comments
[gs-fb-comments]