•  १५ पुष २०८२, मंगलवार

आज नेपाल पानी उद्योग महासंघको साधारण सभा हुँदै,नयाँ नेतृत्व समेत चयन हुने

- पुष १५, २०८२ मा प्रकाशित


काठमाण्डौं : आज नेपाल पानी उद्योग महासंघको प्रथम वार्षिक साधारण सभा हुँदै छ । महासंघले ललितपुर जिल्लाको गोदावरी नगरपालिका ३ स्थित होटल भ्यु भृकुटीमा आफ्नो प्रथम वार्षिक साधारण सभा गर्न लागेको हो । त्यस्तै महासंघले विभिन्न विषयहरु समेत पास गर्ने छ ।

आज हुने साधारण सभा मार्फत महासंघले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण पानी उद्योगी महानुभावहरुको उपस्थितिका लागि महासंघले आग्रह गरेको छ ।

महासंघले साधारण सभामा भाग लिन आउनुहुने पानी उद्योगी तथा प्रतिनिधि महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र साथमा लिई आउनुहुन अनुरोध समेत गरेको छ ।

त्यस्तै कुनै संगठित संस्था वा उद्योगले महासंघको सदस्यता लिएको हकमा त्यस्ता संगठित संस्था वा उद्योगको तर्फबाट खटाईएको वा मनोनित गरेको प्रतिनिधिले मात्र साधारण सभामा भाग लिन पाउने समेत उल्लेख गरेको छ ।

महासंघले गत मंसिर १२ गते मधेश प्रदेशको राजधानी धनुषा जिल्लाको जनकपुरधाममा सम्पन्न तेस्रो पूर्ण बैठकले प्रथम वार्षिक साधारण सभा बागमती प्रदेशको ललितपुर जिल्लामा गर्ने निर्णय गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर