गोकर्णेश्वरमा लोक सेवा आयोग तयारी कक्षा सञ्चालन
- पुष ३, २०८२ मा प्रकाशित
काठमाडौँ । “संघर्ष र परिश्रम निरन्तर गर्नु पर्छ, एक दिन अवश्य सफल भइन्छ” भन्ने मूल मन्त्रका साथ गोकर्णेश्वर नगरपालिकाले लोक सेवा आयोग तयारी कक्षा सञ्चालन सुरु गरेको छ। बढ्दो बेरोजगारी र युवाहरूको रोजगारीप्रतिको चाहानालाई ध्यानमा राख्दै नगरपालिकाले लोक सेवा आयोग तयारी कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम अघि बढाएको हो।
कार्यक्रमको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले वर्तमान समयको प्रमुख आवश्यकता रोजगारी भएको उल्लेख गर्दै लोक सेवा आयोगजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्न दीर्घकालीन तयारी, अनुशासन र निरन्तर अभ्यास अनिवार्य हुने बताए।
उनले “नगरपालिकाले युवालाई रोजगारीतर्फ उन्मुख गराउने उद्देश्यले यो तयारी कक्षा सञ्चालन गरेको बताए। त्यस्तै रिसालले युवाहरुको मेहनतलाई सही दिशामा डोर्याउन नगरपालिकाले आवश्यक सहयोग निरन्तर गर्ने समेत बताएका छन् ।
कार्यक्रममा उप–प्रमुख सन्नानी लामाले लोक सेवा आयोगको तयारी केवल परीक्षा पास गर्ने माध्यम मात्र नभई सक्षम, उत्तरदायी र इमानदार कर्मचारी उत्पादन गर्ने प्रक्रिया भएको उल्लेख गरिन्। उनले स्थानीय तहको सेवा प्रवाह प्रभावकारी बनाउन योग्य जनशक्ति आवश्यक पर्ने भन्दै युवाहरूलाई आत्मविश्वासका साथ निरन्तर अध्ययनमा लाग्न आग्रह गरिन्।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले सरकारी सेवामा प्रवेश गर्ने युवाले सेवा, सुशासन र जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनले तयारी कक्षामा सहभागीहरूले पाठ्यक्रमअनुसार योजनाबद्ध ढङ्गले अध्ययन गरे सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरे।
नगरपालिकाका अनुसार लोक सेवा आयोग तयारी कक्षा विशेषगरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। कक्षामा विषयगत विज्ञ प्रशिक्षकद्वारा नियमित कक्षा, नमुना परीक्षा तथा मार्गदर्शन प्रदान गरिने जनाइएको छ।
गोकर्णेश्वर नगरपालिकाले सीप विकास, स्वरोजगार र रोजगारी प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। लोक सेवा आयोग तयारी कक्षा पनि सोही अभियानको एक महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ, जसले युवाहरूको भविष्य निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments