प्रेमको चरम रूप यौन ,यसरी थाहा पाउनुहोस् प्रेमीकाको यौन चाहना
- बैशाख २५, २०८२ मा प्रकाशित

काठमाण्डौं – प्रेमको चरम रूप यौन हो । संसारमा सबैभन्दा बढी विवादित विषय यौन हो र संसारका सबै मान्छेले अनुभूत गर्ने विषय प्रेम हो । प्रेम र जीवन एक अर्काका परिपूरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन त्यो प्राकृतिक होइन, कृत्रिम हो । कृत्रिमतामा शरीर मात्र हुन्छ, जीवन हुँदैन । कतिपय मानिसहरु प्रेम र यौनलाई छुट्टा–छुट्टै रुपमा हेर्छन् ।
प्रेमलाई करुणाको दृष्टिले मात्र हेर्नेहरु यौनलाई प्रेमको विपरीत ठान्छन् । यौनलाई मनोवैज्ञानिक आँखाले हेर्न नजान्नेहरु त यौनलाई विक्रिति नै पनि भन्छन् । यौन र प्रेम फरक विषय होइनन् । प्रेम मानिसको चरित्रगत विशेषता हो भने यौन प्रेमको चरम रुप हो । प्रेमको शारीरिक अभिव्यक्ति यौन हो भने मनको तहमा गरिएको यौन समागम नै प्रेम हो । त्यसैले प्रेम र यौनलाई छुट्टै राख्नै सकिँदैन ।
जब यौन शारीरिक तहमा मात्र प्रदर्शन गरिन्छ, तब त्यहाँ प्रेमको मात्रा गौण हुन्छ । शारीरिक तहमा गरिएको प्रेम पनि भद्दा हुन्छ भने मनोवैज्ञानिक तहमा गरिएको यौन समागम पनि अति कलात्मक हुन्छ । त्यही कलात्मक यौन समागम नै प्रेमको चरम रुप हो ।
प्रेमबिनाको यौन र यौनबिनाको प्रेम दुवै अपूर्ण हुन् ।
यसरी थाहा पाउनुहोस् प्रेमीकाको यौन चाहना :
प्रेमसम्बन्ध चल्दै गर्दा अहिलेका युवायुवतीहरु एकान्त भेट्नसाथ यौन सम्बन्ध बनाउन डराउँदैनन् । यस्तोमा युवक सेक्सको लागि छिटो तयार हुन्छ र सेक्सको लागि तत्पर हुन्छ भने प्रेमीकाहरुको संकेत शारीरिक सुखमात्रै नभएरसबै पलहरुको रोमाञ्चकतालाई समेट्ने तर्फ हुन्छ ।
यस्तोमा प्रेमीले शारीरिक सम्बन्ध बनाइसके पछि आफ्नो प्रेम सकिएको सम्झिन्छ भने प्रेमीकाले शारीरिक सम्बन्ध कायम भइसकेपछि झनै दिलो ज्यानले एकअर्कालाई चाहने, मिठोमिठो कुरा गर्ने, छेडछाड र सेक्सपछि पनि प्रेमीको अंगालोमा बाँधिदा भाग्यमानी सम्झिने गर्छिन् ।
प्रेमीकाहरु भावनाहरुलाई प्रेमको अभिव्यक्ति सम्झिछन् साथै उनीहरु प्रेमीले आफ्नो यौन चाहनालाई आँफै बुझोस र मायालु व्यवहार गरोस भन्ने चाहन्छन् ।
धेरै युवतीहरुले उनीहरुको यौन चाहनाहरुलाई प्रेमीले आँफै बुझोस् भन्ने चाहन्छन् । नर्थवेस्टर्न युनिभर्सिटी इलिनोयसको सेक्सुअलिटी कार्यक्रमको थेरापिसस्ट पामेला श्राफ भन्छिन्, ‘धेरैजसो प्रेमीले आफ्नो प्रेमीकाको यौनचाहनालाई प्राथमिकता दिन चाहँदैनन् ।
Comments