जनसम्राट इब्राहीम ट्राओरे : नवजागृत अफ्रिकाको एक क्रान्तिकारी स्वर ,विश्वभर चर्चामा
- जेष्ठ २७, २०८२ मा प्रकाशित


काठमाण्डौं – अहिलेको विश्व राजनीतिमा एउटा नाम उल्लेखनीय रूपमा उदाउँदैछ -बुर्किना फासोका राष्ट्रपति इब्राहीम ट्राओरे। देशभक्ति, इमान्दारिता, आत्मबल र जनताको लागि समर्पण भन्ने शब्दहरू यदि कुनै एक व्यक्तिमा जीवन्त रूपमा देखिन्छ भने त्यो ट्राओरे हुन्।
राष्ट्रका लागि समर्पित सैनिक
ट्राओरे पेशाले एक सैनिक – मेजर पदमा रहेरै २०२२ मा देशको अस्थिरता, भ्रष्टाचार, विदेशी हस्तक्षेप र गृहयुद्धको दलदलबाट राष्ट्रलाई मुक्त गर्न सैन्य नेतृत्वमा सत्तारोहण गरे। देशको मुटु बनेका सैनिकले उनलाई राष्ट्रको सर्वोच्च नेता माने। उनले सत्ता हत्याएको होइन, सत्ताले उनलाई निम्त्याएको हो।
राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरता
बुर्किना फासोको सम्पदामा कब्जा जमाएर बसेका विदेशी शक्ति – विशेषतः फ्रान्सका सेना र पश्चिमा निजी कम्पनीहरूलाई निष्कासन गरी उनले देशको सम्पत्ति जनताको हातमा फर्काइदिए। सुन, हिरा र अन्य खनिज स्रोतहरूको राष्ट्रियकरण गरे।
Elon Musk को आकर्षक लगानी प्रस्ताव अस्वीकार गर्दै आफैं उत्खनन सुरु गरे। IMF जस्ता अन्तर्राष्ट्रिय ऋणदाताहरूको हस्तक्षेपलाई अस्वीकार गर्दै भने “हामीलाई ऋण होइन, स्वाभिमान चाहिन्छ।”
जनताको लागि जननेता
सत्तामा पुगेपछि उनले एकपछि अर्को कदम जनतामुखी र राष्ट्रप्रेमले भरिएका उठाए। साउदी अरेबियाले प्रस्ताव गरेको २०० मस्जिदको सट्टा उनले भने “हामीलाई विद्यालय र अस्पताल चाहिएको छ, मस्जिद होइन।” उनी आफैं मुस्लिम धर्मावलम्बी भए पनि, धर्मभन्दा माथि राष्ट्रलाई प्राथमिकता दिने दूरदृष्टि उनले प्रस्तुत गरे।
प्रगतिको नयाँ युग
ट्राओरेको नेतृत्वमा आज बुर्किना फासोको GDP उकालो लागेको छ। कृषि, उद्योग र पूर्वाधार क्षेत्रमा ऐतिहासिक परिवर्तन आएको छ। देश कंगाल बनाउने भ्रष्ट तत्त्वहरूको निर्मूल गर्दै सुशासनको नयाँ परिभाषा स्थापना गरेका छन्।
जनताको नेता, जनताकै रक्षामा
आज ट्राओरे बुर्किना फासोमा मात्र होइन, सम्पूर्ण अफ्रिका महादेशका युवाहरूको प्रेरणास्रोत बनेका छन्। उनी सडकमा निस्कँदा, जनता आँखाभरि श्रद्धा लिएर उनलाई ढोग्छन्। राष्ट्रपतिलाई रक्षा गर्न हजारौं जनता स्वयं राष्ट्रपति कार्यालय अगाडि रातभर पहरा दिन बस्छन् – किनभने उनीहरूले थाहा पाएका छन् कि देश र जनताको लागि मरिमेट्ने नेता कति दुर्लभ हुन्छ।
विश्वव्यापी सम्मान
ट्राओरेको साहस र दूरदर्शी नेतृत्वको प्रशंसा अन्तर्राष्ट्रिय स्तरमै भइरहेको छ। रुसका राष्ट्रपति पुटिनले सलाम गरे, चीनका राष्ट्रपति सी जिनपिङले “विश्वका उदाउँदो युवा नेताहरूको प्रतिनिधित्व गर्ने” भन्दै प्रशंसा गरे। उत्तर कोरियाका किम जोङ उनले त सिधै सहयोगको प्रतिबद्धता व्यक्त गरे “तपाईंको सुरक्षा हाम्रो जिम्मेवारी हुनेछ।”
विनम्रता र अनुशासनको प्रतिमूर्ति
राष्ट्रको सर्वोच्च पदमा रहे पनि ट्राओरे आज पनि मेजरको तलबमा कार्यरत छन्। कुनै पनि अन्तर्राष्ट्रिय सम्मेलन, भ्रमण वा भेटघाटमा उनले आफ्नो सैनिक पोशाक नै धारण गर्छन् – सन्देश स्पष्ट छ, “म सधैं राष्ट्रको सेवक हुँ, मालिक होइन।”
निष्कर्ष: युवाको नेतृत्व, राष्ट्रको समृद्धि
इब्राहीम ट्राओरेजस्ता युवा, इमान्दार, शिक्षित र राष्ट्रवादी नेताहरू सत्तामा पुगेमा राष्ट्र कस्तो बन्ला हामिले पनि सोच्न आबस्यक छ। लेख/रचना : पुरुषोत्तम घिमिरे (पुरुष)
Comments