वडा अध्यक्ष सुवेदीद्वारा वैकल्पिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
- जेष्ठ १५, २०८२ मा प्रकाशित
काठमाण्डौं – गोकर्णेश्वर नगरपालिका वडा नम्बर-५ ले आदर्श महिला वैकल्पिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । वैकल्पिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नगर प्रवक्ता तथा गोनपा-५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।
यसैगरी वैकल्पिक विद्यालयमा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरुले नगर प्रवक्ता तथा वडा अध्यक्ष सुवेदीलाई वैकल्पिक विद्यालय र शैक्षिक विकासका लागि गर्नु भएको योगदानको उच्च मुल्यांकन गर्दै खादा र मालाले अभिनन्दन गरेका थिए ।
नगर प्रवक्ता सुवेदीले वैकल्पिक विद्यालयले औपचारिक शिक्षाबाट बञ्चित तथा ज्येष्ठ नागरिकहरुका लागि अध्ययनको व्यवस्था गरेर १८ वर्ष देखि शैक्षिक विकासमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्नुहुँदै विद्यालयको विकासका लागि गोकर्णेश्वर नगरपालिका र वडाको तर्फबाट सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त राख्नुभएको छ ।
ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments