गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेन माओवादी, सभामुखसँग छलफल जारी
- जेष्ठ २२, २०८२ मा प्रकाशित
काठमाडौं – गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कायम भएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ ।
सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख/मुख्य सचेतकहरुसँग छलफल गरेका थिए ।
सो छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताएका थिए ।
बैठकबाट बाहिरिएपछि माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले सदन सञ्चालनको वातावरण बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताए ।
मंगलबार संसद बैठक सन्चालनको वातावरण बनाउने प्रयासमा सभामुख घिमिरेले दिनभर छलफल गरे पनि सहमति नजुटेपछि बैठक बस्दै नबसी स्थगित भएको थियो ।
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments