एनप्याब्सनलाई निलम्बन
- कार्तिक १४, २०८३ मा प्रकाशित
काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ ।
उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम यस मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
साथै संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस विषयमा मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरूलाई मिति २०८३/६/२३ गते छलफल गराई राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा यस मन्त्रालयबाट मिति २०८२/८/१२ गते जारी निर्देशन बमोजिमका कार्य गर्न आग्रहसमेत गरिएकामा सो बमोजिम गरिएको नदेखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम “राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
ट्रेन्डिङ
-
कार्तिक १४, २०८३एनप्याब्सनलाई निलम्बन
-
कार्तिक १४, २०८३बोटल संघका अध्यक्ष गौतमको अभिव्यक्तिप्रति खुद्रा व्यापार संघको आपत्ति: साना व्यापारीको मानमर्दन गरेको आरोप
-
कार्तिक १०, २०८३सुर्खेतमा प्रशोधित पानीको मूल्य विवादमा सहमति,पछि हटे सीडीओ, पुरानै मूल्य कायम, उद्योगहरू पुनः सञ्चालनमा
-
कार्तिक ८, २०८३सुर्खेत प्रशासनको पानीको मूल्य निर्धारण गर्ने निर्णयप्रति पानी उद्योग महासंघको आपत्ति, निर्णय सच्याउन माग
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments