गोकर्णेश्वरको तारेभिर सडक खण्डमा ढलान कार्य सुरु , उप-मेयर लामाद्वारा अनुगमन
- जेष्ठ १५, २०८२ मा प्रकाशित
काठमाडौं – गोकर्णेश्वर नगरपालिका–३ मा पर्ने बाटुले सिम ९तारेभिर० खण्डको सडक ढलान कार्य सुरु गरिएको छ । यस सडक खण्ड सुधारका लागि निरन्तर पहल हुँदै आएकोमा बाटुले सिमबाट ढलान शुरु भएको हो । सडक ढलान कार्यका लागि ३ करोड ५३ लाख रुपैयाँको बजेट परेको थियो । यो आयोजना माननीय शान्ती श्रेष्ठको विशेष पहलमा अगाडि बढाइएको हो ।
गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामाले बुधवार सडक ढलान कार्यको अनुगमन गर्नुभएको छ । उप प्रमुख लामाले जनप्रतिनिधिको साथमा अनुगमन गर्नु भएको हो ।
अनुगमनका क्रममा उप प्रमुख सान्नानी लामाले यस सडक ढलान कार्यले स्थानीय बासिन्दाको दैनिकीमा प्रत्यक्ष लाभ पुग्ने बताउनु भयो । प्राकृतिक सुन्दरता, पदयात्रा र स्थानीय संस्कृतिका लागि प्रसिद्ध मानिएको तारेभिरका पर्यटकीय क्षेत्र बाटोकै कारणले ओझेलमा परेका छन् । यस सडकको विकास पछि तारेभीर क्षेत्रका साथै स्थानीय स्तरको पूर्वाधार विकास र नागरिक सुविधामा टेवा पुग्नेछ ।
तारेभिर क्षेत्रका बासिन्दाहरूका लागि यो आयोजनाले राहत दिने अपेक्षा गरिएको छ । यस्तो विकास आयोजनामा स्थानीय नेतृत्वको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments