तपस्वी रामबहादुर बम्जन फेरि जेल चलान
- जेष्ठ १५, २०८२ मा प्रकाशित
काठमाडौं – तपस्वीका रुपमा प्रसिद्ध भएका विवादित धर्मगुरु रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन् । बाराको जंगलमा तपस्या गरेर ‘लिटिल बुद्ध’ समेत भनेर चिनिएका बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । सोमबार साँझ प्राप्त अदालतको आदेश बमोजिम बम्जनलाई राति नै सर्लाही सदरमुकामस्थित मलङ्गवा कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सर्लाही जिल्ला अदालतका सूचना अधिकारी कापरका अनुसार सम्पत्ति शुद्धीकरण कसुरमा विवादित धर्मगुरु बम्जनमाथि गएको फागुन ५ गते अदालतमा मुद्दा दर्ता भएको थियो ।
बम्जनविरुद्ध यसअघि सर्लाही जिल्ला अदालतले अनुयायी अर्थात् आनीमाथिको यौन दुराचार मुद्दामा २०८१ असार १० गते १० वर्ष कैद र पाँच लाख रुपियाँ क्षतिपूर्तिको सजाय तोकेको थियो । उच्च अदालत जनकपुरले गएको चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई कारागारमुक्त गरेको थियो ।
बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुनः कारागार चलानको आदेश दिएको हो । मुद्दा सुनुवाइको क्रममा विवादित धर्मगुरु बम्जन सर्लाही जिल्ला अदालतमा आउँदा सोमबार दिनभर सदरमुकाम मलङ्गवामा ठुलो सङ्ख्यामा उनका अनुयायी भेला भएका थिए ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments