भोलि बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
- जेष्ठ १४, २०८२ मा प्रकाशित
काठमाडौं – भोलि बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। मंगलबारको बैठक सूचना टाँस गरेर स्थगित भएको हो। सभामुखको सचिवालयका अनुसार बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।
मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको थियो।
बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखेका थिए।
प्रतिपक्षीको अडानबीच बैठक आधा घन्टाका लागि स्थगित भएको थियो। पछि सूचना टाँस गरेर साढे २ बजेसम्मका लागि स्थगित गरियो र सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे।
कांग्रेस र एमालेले सदनमा गृहमन्त्री बोल्न पाउनुपर्ने माग राखेका छन् भने माओवादी र रास्वपाले गृहमन्त्रीले पहिले राजीनामा दिनुपर्ने अडान राखेका छन्। गतिरोध अन्त्य हुन नसकेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments