मेयर रिसालले गरे बालविकास कक्षाको उद्घाटन , विद्यार्थीहरूलाई दिइयो स्टेशनरी सामग्री
- जेष्ठ १५, २०८२ मा प्रकाशित
जोरपाटी – गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-२ स्थित नयाँपाटीमा रहेको श्री बाल सुधार माविमा बालविकास कक्षाको उद्घाटन सम्पन्न भएको छ । हिजो बुधबार नगर प्रमुख दिपक रिसालले उप प्रमुख सान्नानी लामा, वडा अध्यक्ष, वडा सदस्यहरु लगायतको उपस्थितीमा बालविकास कक्षाको उद्घाटन गर्नुभएको हो ।
नगर प्रमुख रिसालले विभिन्न विधामा पुरस्कार तथा स्टेशनरी सामग्रीका हस्तान्तरण समेत गर्नुभएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई २ सय थानभन्दा बढी स्टेशनरी सामग्री तथाल इन्डोर र आउट डोरका खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
स्टेशनरी सामग्री हस्तान्तरण तथा बालविकास कक्षाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रिसालले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नमा आफू सदा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालयका हरेक समस्याहरूलाई निर्मुल पार्नमा आफू सधैं तत्पर रहेको उल्लेख गर्नुभयो।
उक्त कार्यक्रममा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिर बहादुर खड्काको समेत उपस्थिति रहेको थियो। खड्काले विगतका तुलनामा हाल विद्यालयमा पूर्वाधारहरूको क्रमिक विकास भइरहेको बताउँदै उनले विद्यार्थीहरूलाई मिहिनेत गर्न नछाड्न अनुरोध गरे । नगरपालिकाले शिक्षाप्रति सबैको अधिकार सुनिश्चित होओस् भन्ने हेतुले शैक्षिक सामग्री वितरण गरेको हो। विद्यार्थीहरूले शैक्षिक सामग्री तथा पोषाकका कारण शिक्षा ग्रहण गर्नबाट वञ्चित हुन नपरोस भन्ने नगरपालिकाको एकमात्र उद्देश्य रहेको छ ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments