•  २५ असार २०८२, बिहीबार

चामुण्डा माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला मार्फत पढाइ,अझै पुगेन विद्यार्थीको ध्यान

- असार २४, २०८२ मा प्रकाशित


टि एन धमला (मुनामदन ) जोरपाटी – गोकर्णेश्वर नगरपालिकाको ६ नम्बर वडामा रहेको चामुण्डा माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला निर्माण भएको छ । विद्यालयले आधुनिक विज्ञान प्रयोगशाला मार्फत विद्यार्थीहरुलाई अध्यापन गराइ रहेको छ । शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग भएको छ । आधुनिक पुस्तकालय स्थापना भएको छ । तर बिडम्बना विद्यार्थीहरुको रोजाइमा भने महंगा निजी विद्यालय पर्ने गरेका छन् ।

चामुण्डा माध्यमिक विद्यालयमा विज्ञान विषयको सैद्धान्तिक र प्रयोगात्मक कक्षा संचालनमा दक्ष शिक्षकको कुनै कमि छैन । यो वर्षको एसईईको नजिता प्रकाशन भइसकेको छ । विद्यार्थीहरु ११ कक्षामा भर्ना भएर अध्ययन गर्नका लागि विभिन्न निजी कलेजहरुमा जाने प्रकृया चलिरहेको छ । सामान्य शुल्कमा गुणस्तरीय विज्ञान संकायको शिक्षा प्रदान गरिरहेको चामुण्डा माध्यमिक विद्यालयमा विद्यार्थीको अधिक चाप हुनुपर्ने हो,तर विद्यार्थीहरुको रोजाइमा निजी कलेज पर्ने गरेको चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणराज आाचार्यले बताउनु भएको छ ।

‘मैले त छोराछोरीलाई निजी कलेजमा भर्ना गरिदिएको छु’ अभिभावकहरु यसो भन्न पाउँदा गर्व महसुस गर्छन् । हामीकहाँ आम भाषामा निजी कलेजलाई महंगो शुल्क लिने र अध्यापन गरिने रुपमा सम्बोधन गरिन्छ । अभिभावकको यो मनोविज्ञानले ‘सामुदायिक विद्यालय’प्रतिको उदासीनता पनि प्रष्ट पार्छ प्रधानाध्यापक आाचार्य भन्नुहुन्छ ।

पछिल्लो समय अभिभावकहरु गर्वका साथ आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा पढाउँछु भनेर भन्न सक्दैनन् ? किनकी निजी विद्यालयले विभिन्न प्रलोभन देखाइ रहेका हुन्छन् । त्यही भएर अभिभावकहरुको फरक मनोविज्ञानले आफ्ना छोराछोरीलाई निजी कलेजमा भर्ना गर्छन् ।

जबकि शिक्षाका लागि भनेर सरकारले बर्सेनि खर्बौं रुपैयाँ खर्चन्छ । तैपनि सामुदायिक विद्यालयप्रति अभिभावकको न आकर्षण छ, न भरोसा नै । सरकारले उपलब्ध गराएको ‘निःशुल्क’ शिक्षा छाडेर उनीहरु निजी विद्यालय रोज्ने गर्छन्, चाहे जतिसुकै चर्को शुल्क नै तिर्न किन नपरोस् । विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने कुरामा शिक्षक र विद्यालय व्यवस्थापन समिति एकदमै मिहिनेत गरेर लागिरहेको भएपनि सामुदायिक विद्यालय प्रति अभिभावक सकारात्मक नहुनु चिन्ताको विषय भएको आचार्य बताउनुहुन्छ।

अत्यन्त न्युन शुल्कमा कक्षा ११ र १२ मा आधुनिक प्रयोगशाला मार्फत विज्ञान पढाउने गरि भर्ना अभियान चलाउँदा समेत विद्यार्थीको ध्यान नपुग्नुले सामुदायिक विद्यालयमा निमार्ण गरिएका विज्ञान प्रयोगशाला प्रयोग बिहिन हुन पुगेका छन् ।

चामुण्डा माध्यमिक विद्यालय सुधारिएको नमूना विद्यालय हो । जहाँ प्रतिबद्ध शिक्षक, चुस्त व्यवस्थापन, जीवनोपयोगी पठनपाठन, रचनात्मक वातावरणले विद्यालयको गरिमा उँचो बनाइदिएको छ । साथै, सही व्यवस्थापन र वैज्ञानिक शिक्षण विधि भएमा सामुदायिक विद्यालय नै अब्बल हुन्छन् भन्ने उदाहरण पनि पेश गरेको छ । शिक्षा, व्यवस्थापन, मानविकी, विज्ञान र कानुन संकायमा पढाइ हुँदै आइरहेको यस विद्यालयमा ११ कक्षामा भर्ना अभियान चलिरहेको छ । अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई संलग्न गराउने यस विद्यालयमा विज्ञान संकायमा भर्ना हुने विद्यार्थीको चाप बढ्न सकेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर