साइकलिस्ट हर्क लामाको ‘क्यान्सर बिरामी सहयोग कोष’का लागि देशव्यापी साइकल यात्रा
- कार्तिक १४, २०८२ मा प्रकाशित
सिन्धुपाल्चोक – जिल्लाको लिसंखुमा जन्मेका चर्चित साइकलिस्ट हर्क लामाले ‘क्यान्सर बिरामी सहयोग कोष’ स्थापना गर्ने उद्देश्यका साथ देशव्यापी साइकल यात्रा सुरु गर्न लागेका छन्।
लामा स्वयं पिसाबथैलीको क्यान्सर (ब्लाडर क्यान्सर) बाट बिगत केही वर्षदेखि संघर्षरत छन्। उपचारपछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि उनले क्यान्सर रोगबारे जनचेतना फैलाउने र उपचारका लागि सहयोग जुटाउने अभियान थालेका हुन्।
यो साइकल यात्रा अंग्रेजी नयाँ वर्ष २०२६ को जनवरी १ तारिखबाट पाँचथरको चिवाभञ्ज्याङबाट सुरु हुनेछ। लामा नेतृत्वको टोलीले १८ दिनमा झुलाघाट (बैतडी) पुगेर यात्रा सम्पन्न गर्नेछ। यात्राको दूरी झण्डै १८ सय किलोमिटर हुनेछ।
धुलिखेल अस्पतालमा बुधबार आयोजित पत्रकार सम्मेलनमा लामा भन्छन् – “म अहिले नेमल अवस्थामै छु। अबको एक वर्षसम्म पनि मेरो शरीरमा क्यान्सर देखिएन भने म यस रोगमाथि पूर्ण विजय हासिल गर्नेछु। क्यान्सरले मलाई हराउन सकेन, बरु जीवनको नयाँ अर्थ सिकायो। अब बाँकी जीवन समाज र क्यान्सर पीडितहरूको सेवामा समर्पित गर्ने संकल्प गरेको छु।”
उनले थपे, “यो साइकल यात्रा मेरो व्यक्तिगत जित होइन, यो आशा र हौसला बाँड्ने अभियान हो। क्यान्सर लाग्ने जोखिम घटाउने, र पीडितहरूको उपचारका लागि सहयोग जुटाउने मुख्य उद्देश्य हो।”
लामाको यो यात्रामा कलाकार कविता चित्रकार समेत सहभागी हुँदैछिन्। उनले भनिन् –“हर्क लामाजस्ता योद्धा हाम्रो प्रेरणाको स्रोत हुन्। क्यान्सरले जीवन अन्त्य गर्दैन, यसले नयाँ सुरुवातको अवसर दिन्छ।”
अभियानमा मेघेन्द्रे महाकालसिंहका साइकल प्रेमी, विभिन्न संघ–संस्था, र रोटरी तथा लायन्स क्लबका सदस्यहरूले पनि सहभागिता जनाउने भएका छन्। यात्राका क्रममा देशका विभिन्न स्थानमा क्यान्सर रोग पहिचानका लागि स्क्रिनिङ शिविरहरू सञ्चालन गरिनेछ।
धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ श्रेष्ठले अभियानलाई ऐतिहासिक कदम बताउँदै भने –“लामाको यो पहलले हजारौँलाई प्रेरित गर्नेछ। उनी स्वयं क्यान्सर विजेता हुन्, उनको संघर्ष र सकारात्मक सोच नै यो अभियानको आधार हो।”
साइकल यात्रा सम्पन्न भएपछि संकलित रकम ‘क्यान्सर बिरामी सहयोग कोष’ स्थापनाका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरिनेछ।
लामाको शब्दमा, “मैले लगभग पुनर्जन्म पाएको महसुस गरेको छु। अब यो पुनर्जन्म समाजको सेवामा समर्पित गर्ने समय हो।”

ट्रेन्डिङ
-
कार्तिक १४, २०८३एनप्याब्सनलाई निलम्बन
-
कार्तिक १४, २०८३बोटल संघका अध्यक्ष गौतमको अभिव्यक्तिप्रति खुद्रा व्यापार संघको आपत्ति: साना व्यापारीको मानमर्दन गरेको आरोप
-
कार्तिक १०, २०८३सुर्खेतमा प्रशोधित पानीको मूल्य विवादमा सहमति,पछि हटे सीडीओ, पुरानै मूल्य कायम, उद्योगहरू पुनः सञ्चालनमा
-
कार्तिक ८, २०८३सुर्खेत प्रशासनको पानीको मूल्य निर्धारण गर्ने निर्णयप्रति पानी उद्योग महासंघको आपत्ति, निर्णय सच्याउन माग
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments