विपिनको शव बुझ्न प्रधानमन्त्री र मन्त्रीहरु विमानस्थल जाने
- कार्तिक ३, २०८२ मा प्रकाशित

काठमाडौं – नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट आज नेपाल ल्याइँदै छ । फ्लाइ दुबईमार्फत आज दिउँसो २ः२० बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जोशीको शव बुझ्न प्रधानमन्त्री र मन्त्रीहरु विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री, मन्त्रीहरू र चार वटै सुरक्षा निकायका प्रमुखहरुले विमानस्थलमै मृतक जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले जोशीको पार्थिव शरीर बुझ्न र श्रद्दान्जली व्यक्त गर्न दिउसो २ः२० बजे विमानस्थल जान लागेको जानकारी गराएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
Comments