गायिका नितु पौडेलको निधन,जाहेरी लिएर प्रहरी कार्यालय पुग्यो परिवार
- कार्तिक ८, २०८२ मा प्रकाशित
काठमाडौं – शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरेका हुन् । गायिका नितु पौडेलको एक साताको उपचारपछि शुक्रबार मृत्यु भएको छ ।
नितुले गत शनिबार दिउँसो साढे २ बजेतिर अनामनगरस्थित स्टुडियोमै आफैंले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन्। त्यसबेला पौडेलको ५५ प्रतिशत शरीर जलेको थियो ।
उनीनिकटहरूका अनुसार नितु र गायक बाबुल गिरी प्रेम सम्बन्धमा थिए । त्यही सम्बन्धमा खटपट आएपछि उनले आत्मदाह प्रयास गरेकी थिइन् । नितुले आत्मदाहा प्रयास गरेको घटनाको अनुसन्धानका लागि स्टुडियो सञ्चालक गिरीलाई नियन्त्रणमा लिइएको थियो ।
उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।
उता गायिका नितु पौडेको मृत्यु भएपछि उनका दाई गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाई गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका हुन् । गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ ।
ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments