प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
- मंसिर २, २०८२ मा प्रकाशित
काठमाडौं – प्रधानमन्त्री सशीला कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री विरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो ।
प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले रिट दायर गरेका छन् । रिट निवेदनको पेसी मंसिर ७ गतेलाई तोकिएको छ । वर्तमान सरकारले अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयक गत असोज ३० गते गरेको थियो ।
त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । तर प्रधानमन्त्री कार्कीले नै सम्हालेको परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments