•  ३१ भाद्र २०८२, मंगलवार

काममा फर्किए शंखरापुर नगरपालिकाका कर्मचारी

- भाद्र ३१, २०८२ मा प्रकाशित


साँखु – शंखरापुर नगरपालिकाका कर्मचारी आइतबारदेखि सहज रुपमा काममा फर्किएका छन्। जेन-जी आन्दोलनको कारण नगरपालिकाको कार्यालयमा आशिंक क्षति पुगेको थियो । आन्दोलनले बार्ताको रुप लिएपछि नगरपालिकाको कार्यालय सरसफाइ गरेर सबै कर्मचारीहरु नियमित काममा फर्किएको नगर प्रमुख रमेश नापितले जानकारी दिनु भएको छ ।

जेन-जी आन्दोलनको आडमा अराजक समूहले नगरपालिकाको भवनमा आशिंक क्षति पुर्याएका थिए । प्रदर्शनकारीहरूले नगरपालिकाको गेट तोडफोड गरी भित्र पस्ने प्रयास गरेका थिए । देशव्यापी रूपमा चर्किएको जेन-जी आन्दोलनको प्रभाव शंखरापुर नगरपालिकामा समेत परेको थियो । प्रदर्शनकारीले साँखु स्थित प्रहरी चौकीमा समेत आगजनी गरिदिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर