नेपाल पानी उद्योग महासंघको दोस्रो पूर्ण बैठक बिराटनगरमा सम्पन्न
- भाद्र ८, २०८२ मा प्रकाशित
बिराटनगर – नेपाल पानी उद्योग महासंघको दोस्रो पूर्ण बैठक कोशी प्रदेशको राजधानी मोरङ जिल्लाको बिराटनगरमा सम्पन्न भएको छ । बैठकले महत्वपूर्ण निर्णयहरू समेत गरेको छ ।
बैठकमा महासंघको संस्थागत सुदृढीकरण, प्रदेश तथा जिल्ला तहमा संगठनको सक्रियता अभिवृद्धि गर्ने, पानी उद्योग व्यवसायीहरूको हकहित संरक्षण गर्ने, पानी उद्योगमा देखिएका समस्या समाधानका लागि सरकारसँग आवश्यक पहल गर्ने लगायतका विषयहरूमा छलफल भएर निर्णय भएको महासंघले जनाएको छ ।
यसैगरी बैठकले महासंघलाई अझ सबल, सशक्त र प्रभावकारी बनाउनका लागि आगामी दिनमा अपनाउनुपर्ने रणनीति, नीति तथा कार्यक्रमहरू तय गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू समेत पारित गरको महासंघका महासचिव ध्रुब प्रसाद अधिकारीले बताएका छन् ।
नेपाल पानी उद्योग महासंघ आफ्नो उद्देश्यप्रति सदैव प्रतिबद्ध रहँदै उद्योग व्यवसायको सुदृढ विकास, गुणस्तरीय पानी उत्पादन, उपभोक्ता अधिकार संरक्षण र दिगो उद्योग प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने भएको छ । महासंघको बैठक कोशी प्रदेश समन्वय समितिले सहजीकरण गरेको थियो ।
ट्रेन्डिङ
-
श्रावण ४, २०८३सरकार बेपत्ता हुँदा पानी जारमा एम्बुसिङ मापदण्ड फितलो-संघबाटै उद्योगीमा भ्रम फैलाउने कार्य
-
असार ३१, २०८३हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोग्राफी
-
असार २८, २०८३सरकारको कार्यशैलीप्रति महतो असन्तुष्ट, जनताको धैर्यको परीक्षा नलिन चेतावनी
-
असार २८, २०८३नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments