सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने माओवादी केन्द्रको निर्णय
- भाद्र १९, २०८२ मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको जानकारी दिएका छन् ।
माओवादीले सरकारले जनताका मागहरू सम्बोधन नगरेको आरोप लगाएको छ । सरकार सुशासनको मामलामा कमजोर भएको , भ्रष्टाचार झन्झन् बढेको भन्दै सडक संघर्षको तयारी गर्न लागेको हो ।
सडक संघर्ष गर्दाखेरि हामीले तात्कालीन कार्यनीतिक सवालहरुलाई पनि उठाएर लैजाने, रणनीतिक विषयहरूलाई पनि उठाएर लैजाने । अर्थात संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरूपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा अब जनमत सिर्जना गर्दै जाने र भोलि हुने संघर्षमा त्यसलाई जोड्ने सापकोटाले बताए ।’
प्रवक्ता सापकोटाका अनुसार बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुन सुरु गर्ने निर्णय समेत गरेको छ ।
ट्रेन्डिङ
-
कार्तिक ३, २०८३काठमाडौं पानी उद्योग संघद्वारा वाणिज्य विभागका महानिर्देशक शाक्यलाई बधाई तथा शुभकामना
-
आश्विन ३०, २०८३कांग्रेसको केन्द्रीय सदस्यमा सन्तोष चालिसे निर्वाचित
-
आश्विन २७, २०८३गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ओलीको स्वागत, ३० महिना सफल कार्यकाल बिताएका गौलीको बिदाइ
-
आश्विन २५, २०८३विकासको गतिमा गोकर्णेश्वर नगरपालिका
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्

Comments