काठमाडौ पानी उद्योग संघद्वारा आयोजित कानुनी परामर्श एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न
- भाद्र १५, २०८२ मा प्रकाशित
काठमाडौं – काठमाडौं जिल्ला भरका जार तथा बोतलका पिउने पानी उत्पादक गर्ने तथा पानी जन्य बस्तु उत्पादक उद्योगीहरुको छाता संगठन काठमाडौं पानी उद्योग संघद्वारा आयोजित एक दिने “कानुनी परामर्श एवम् अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ । सुकेधारा स्थित युनिभर्सल क्याफेको सभाहलमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
संघका अध्यक्ष समेत रहेका गोकुल थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि उच्च अदालत पाटन बार एशोसिएशनका निवर्तमान अध्यक्ष एवम् बरिष्ठ कानुनी अधिबक्ता शाान्तिराम खतिवडा रहेका थिए । त्यसैगरी कार्यक्रमको विशेष अतिथिहरुमा नेपाल पानी उद्योग महासंघका केन्द्रिय अध्यक्ष बिक्रम लिम्बु चेमजोङ ,महासंघका वरिष्ठ उपाध्यक्ष भरत बुढाथोकी ,महासंघका उपाध्यक्ष भुवन लोहनी लगाएतका पदाधिकारीहरु रहेका थिए ।
काठमाडौं पानी उद्योग संघका सदस्य उपेन्द्र पोखरेलद्वारा स्वागत मन्तव्य राखेर सुरु भएको उक्त कार्यक्रमको उद्घाटन भने प्रमुख अतिथि बरिष्ठ कानुनी अधिबक्ता शाान्तिराम खतिवडाले गरेका थिए । उक्त कार्यक्रममा झरना खबरका अध्यक्ष एवम् पत्रकार टि एन धमलाले पानी उद्योगीहरुलाई मिडिया क्षेत्रबाट हुने गतिविधिहरुका वारेमा सचेत गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका उच्च अदालत पाटन बार एशोसिएशनका निवर्तमान अध्यक्ष एवम् बरिष्ठ कानुनी अधिबक्ता शाान्तिराम खतिवडाले पानी उद्योगीहरुलाई कानूनी सहायता प्रदान गर्ने बताए । उनले एकीकृत कानूनी सहायता नीति अनुसार उद्योगीहरुलाई सधैं सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योग–व्यवसायीहरुलाई कानूनी परामर्श दिने औद्योगिक नीति वारे जानकारी गराउने दण्ड जरिवानाका विषयमा कसरी सकारात्मक सहयोग गर्ने भन्ने विषयमा उद्योगीहरुलाई परामर्श दिइएको थियो । उक्त कार्यक्रममा काठमाडौं जिल्ला भरका झण्डै ५० जना भन्दा बढी उद्योगीहरुले प्रत्यक्ष सहभागिता जनाएका थिए ।
ट्रेन्डिङ
-
आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
आश्विन ६, २०८३गोकर्णेश्वर-०५ कांग्रेस इकाइ सभापतिमा बच्चुराम चौलागाईं विजयी
-
आश्विन ६, २०८३त्रिपुरेश्वरमा बस आगलागी घटना र पहिचान
-
आश्विन ६, २०८३प्रधानमन्त्री बालेन आज साँझ अमेरिका उड्दै , तोडिनेछन् विगतका परम्परा
लोकप्रिय
-
लोकप्रिय आश्विन ६, २०८३यौन इच्छा जागेपछि…
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments