मेटिएको इतिहाँस पुर्नलेखनमा जुटेको गोकर्णेश्वर नगरपालिका
- भाद्र १३, २०८२ मा प्रकाशित
काठमाडौं – सुन्दरीजल जाने प्रवेश विन्दु, गोकर्णेश्वर–६ मा अहिले सिंगो नगरको वैभव प्रतिविम्बित गर्ने गरी मठ–मन्दिर र पर्यटकीय स्थलहरूको आकृति कुँदिएको छ। गोकर्णेश्वर नगरपालिकाले आफ्ना क्षेत्रभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरूको चिनारी दिन उक्त कलाकृति कुँदेको हो । ऐतिहासिकताको जगेर्ना गर्न नगरपालिकाले जोरपाटीचोकमा भित्तेचित्र बनाएको छ भने दुईवटा फल्चा बनाइदिएको छ ।
धेरै मानिसहरू सुन्दरीजल घुम्न आइरहेका हुन्छन्। बागमती नदी बग्ने सुन्दरीजल काठमाडौं लैजाने खानेपानीको मुहान क्षेत्र मात्रै होइन, ठूलो पर्यटकीय गन्तव्य पनि हो। यहाँ आन्तरिक एवम् बाह्य पर्यटक आइ नै रहेका हुन्छन्। तर धेरैलाई बागद्वार कता पर्छ थाहा नहुन पनि सक्छ। त्यस्तै, काठमाडौंका शक्ति पीठहरूमध्ये एक चामुण्डा, पूर्वी काठमाडौंकै वैभव कान्तिभैरव, उत्तरगयाधाम पनि थाहा नहुनसक्छ, यी सबैको परिचय झल्काउन हामीले भित्तेचित्र बनाएका हौं,’ गोकर्णेश्वरका नगरप्रमुख दीपक रिसालले भने। उनले प्राचिन ऐतिहासिकताको जगेर्ना गर्न अहिले जोरपाटीचोककै दुईवटा पाटी पुनर्निर्माण गरिएको र भित्तेचित्र बनाइएको ठाउँमा पनि दुईवटा फल्चा बनाइएको बताए। एउटा निर्माण पूरा भएको छ। अर्को निर्माणाधीन अवस्थामा रहेको छ।

नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ, चामुण्डा, गोकर्णेश्वर महादेवको मन्दिर, बागमती नदीको उद्गमविन्दु बागद्वार, तारेभीर, कान्तिभैरव लगायतका धार्मिक सम्पदा एवम् पर्यटकीय क्षेत्र भित्तेचित्रमा समेटेको छ । अहिले उक्त सडक भएर हिड्नेहरु सांस्कृतिक वैभव देखेर कतिपय छक्क परिरहेका हुन्छन्, त कतिपयले सेल्फी खिचिरहेका अवस्थामा भेटिन्छन् ।
नगरप्रमुख रिसालले अरू आठवटा भित्तेचित्र बनाउन बाँकी रहेको पनि बताएका छन् । नगरपालिकाको चिनारी अभिवृद्धिका साथै आय उकास्न खालका कार्यहरु गर्दै आएको छ । त्यसैको अंगको रूपमा भित्ते चित्रलाई लिइएको छ ।

ट्रेन्डिङ
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
-
भाद्र २, २०८३सुनकोशीको काखमा सिन्धुलीको गोलन्जर (जुनारको राजधानी)-भिडियो सहित
-
श्रावण ३१, २०८३गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाललाई ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड’
-
श्रावण २९, २०८३गोकर्णेश्वरवासीलाई नेपाल मेडिकल कलेजमा १ लाखसम्म निःशुल्क उपचार सुविधा
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments