पानी कम्पनीमाथि कारबाही तत्काल कार्यान्वयन नगर्न महानगरपालिकालाई पाटन उच्च अदालतको अन्तरिम आदेश
- भाद्र १२, २०८२ मा प्रकाशित
काठमाडौँ । उच्च अदालत पाटनले एक पानी कम्पनीमाथि कारबाही तत्काल कार्यान्वयन नगर्न काठमाडौँ महानगरलाई अन्तरिम आदेश दिएको छ ।
सोमबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश टेकप्रसाद गुरुङको संयुक्त इजलासले ‘पिस स्प्रिङ वाटर प्रालि’लाई २ लाख रुपैयाँ जरिवाना गर्ने र उसको पानी बोक्ने गाडी नियन्त्रणमा लिने महानगरको निर्णय रिटको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं पानी उद्योग संघको मुख्य सहकार्यमा पिस स्प्रीङ वाटर प्रा लि ले दर्ता गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सोमबार यस्तो आदेश दिएको हो । रिट निवेदक पिस स्प्रीङ वाटर प्रा लिको तर्फबाट वरिष्ठ अधिवक्ता शान्तिराम खतिवडा र अधिवक्ता रोसन सिंहले बहस गरेका थिए । निवेदकले काठमाडौं महानगरपालिकाले पानी बोक्ने हात्ती गाडी समेत नियन्त्रणमा लिएको र अनावश्यक जरिवाना तोकेको भन्दै त्यसलाई रोक्न माग गरेको थियो ।
अदालतले कारबाहीको जानकारी प्रक्रियागत रूपमा निवेदकलाई नदिएको देखिएको भन्दै ‘सुविधा सन्तुलन’का आधारमा यस्तो आदेश जारी गरेको हो । साथै नियन्त्रणमा लिइएको बीसीए ०५३० नम्बरको गाडी फिर्ता दिन पनि भनेको छ । यस्तो अन्तरिम आदेश……

ट्रेन्डिङ
-
भाद्र २४, २०८३पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज,पेन्सनपट्टा पाउने बाटो खुल्यो
-
भाद्र २१, २०८३काठमाण्डौं पानी संघ द्वारा आयोजित एक दिने नेतृत्व विकास तालिम सम्पन्न
-
भाद्र १९, २०८३काठमाडौं पानी संघद्वारा रसुवाका बाढी पीडितका लागि ८४० केस बोतलको पानी हस्तान्तरण
-
भाद्र १४, २०८३नियम अटेर गर्दै गोकर्णेश्वरमा आइतबार पनि निजी विद्यालय सञ्चालन, नियम मिच्नेलाई कडा कारबाही हुन्छ शिक्षा शाखा प्रमुख- वीर बहादुर खड्का
लोकप्रिय
-
लोकप्रिय श्रावण ५, २०८३ओखलढुङ्गाको सुनकोशी-१० कटुञ्जेमा एक भैंसीले दुईवटा पाडा पायो (फोटो फिचर)
-
लोकप्रिय फाल्गुन ९, २०८२यौन इच्छा जागेपछि महिलाले यस्ता व्यवहार देखाउँछन्-पढनुहोस्


Comments