प्रचण्डको उद्घोष : भव्य पार्टी कार्यालय बनाउँने
- भाद्र ३१, २०८२ मा प्रकाशित

काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उनले जलेर भग्नावशेषमा परिणत भएका संरचनाहरुको निरीक्षण गरेका हुन् । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आगजनी भएको थियो ।
आगजनीबाट ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालय अवलोकनपछि अध्यक्ष प्रचण्डले नयाँ र भव्य पार्टी कार्यालय बनाउने बताए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
Comments