माटोको पालामा काँचो धागोको बत्ती बालेर तामाङ समुदायले प्रसिद्ध तेमाल जात्रा मनाए

  • झरना खबर
  • २०७८ बैशाख १३ गते ११:११ बजे प्रकाशित

बौद्ध : चैत्र महिनाको चैत्र शुक्ल पक्ष अर्थात पूर्णिमा व्रतका दिन मनाइने तामाङ समुदायको प्रसिद्ध तेमाल जात्रा मनाइएको छ । विशेषगरी तामाङ समुदाय भित्र रहेको बौद्ध धर्मालम्बीहरुले मनाउने यो जात्रा मध्ये एक विशेष जात्रा हो ।बौद्ध स्थित बौद्ध स्तुपामा माटोको पालामा काँचो धागोको बत्ती बालेर चैत्र महिनामा आकाशमा पुरै चन्द्रमा देखिनु पहिले शान्तीको कामना र शितलताको कामना गर्दै हरेक वर्ष यो जात्रा मनाइने गरिन्छ । नेपालभरी छरिएर रहेका तामाङ समुदायका मानिसहरु बौद्ध स्तुपामै आएर विशेष पूजा आरधना गर्दै आफ्नै मौलिक भजन गाएर यो पर्व मनाइने गरिन्छ ।गत वर्ष कोरोना महामारीले गर्दा देशैभर लागेको लकडाउनका कारणले तेमाल जात्रा स्थगित गरिएको र यस पटक भने स्वास्थ्यका विभिन्न मापदण्डहरु अपनाएर सामाजिक दूरी कायम गर्दै माइकिङ गरी अनावश्यक भिडभाड नगर्न भक्तजनहरुलाई अनुरोध गर्दै जात्रा मनाइएको बौद्ध नाथ क्षेत्र विकास समितिका कार्यकारी प्रमुख बसन्त लामाले जानकारी दिएका छन ।उनले दिएको जानकारी अनुसार यो पटक पहिलेको तुलनामा ५० प्रतिशत भक्तजनहरु कोरोनाका कारण जात्रामा सहभागि हुन सकेनन्। बौद्धनाथ क्षेत्र विकास समितिले प्रत्येक वर्ष तेमाल जात्रा  आयोजना र विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

Comments