रिपोर्टिङका क्रममा पत्रकार धमलामाथि हातपात तथा दुर्व्यवहार

ललितपुर : रिपोर्टिङका क्रममा पत्रकार टि एन धमलामाथि हातपात तथा दुर्ववहार भएको छ । समाचार संकलनका लागि गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा रहेको के एम मिनिरल वाटर एण्ड वेभेरेजमा पुगेका झरना खबरका पत्रकारलाई के एम मिनिरल वाटर एण्ड वेभेरेजका संचालकका छोरा नवराज सिलवालले दुर्व्यवहार गरेका छन् ।

समाचार संकलनका लागि बडिखेल स्थित के एम मिनिरल वाटर एण्ड वेभेरेजको पानी प्रशोधन केन्द्रमा पुगेका झरना खबरका पत्रकार टि एन धमलालाई सिलवालले हातपात गर्नुका साथै धम्की दिँदै समाचार संकलन नगर्न,भिडियो नखिच्न भन्दै पानी प्रशाधेन केन्द्रबाट धकेलेर बाहिर निकाल्ने प्रयास गरेका थिए ।  

नेपाल बोतल वाटर उद्योग संघको धर्ना कार्यक्रमको र पानी प्रशोधनको अवस्थाबारे समाचार संकलनका लागि पत्रकार धमला दिउँसो ११ : ३० बजे त्यहाँ पुगेका थिए ।

स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकार धमलालाई उक्त कम्पनीका संचालकबाट हातपात तथा धम्कीपुर्ण हर्कत हुनु निन्दनीय रहेको छ । उनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेका छन् । ।

पत्रकार धमलाले उक्त घटनावारे ललितपुर जिल्ला पत्रकार महासंघ तथा ललितपुर प्रहरीलाई खबर गरेको बताएका छन् । उनले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गर्न र स्वतन्त्र रुपमा समाचार संकलन गर्ने क्रममा कसैले हातपात गर्ने तथा धम्की दिने काम गर्न नहुने बताएका छन् ।

सम्बन्धित समाचारहरू

Comments