विनायक सिद्ध कलेजले असार २४ गते एसईई करियर काउन्सिलिङ कार्यक्रम आयोजना गर्दै

काठमाडौं : चाबहिल स्थित विनायक सिद्ध कलेजले एसइई परीक्षा दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ्ग वेभिनर कार्यक्रमको आयोजना गर्ने भएको छ। एसईई पछि के गर्ने ?  र एसईई पछिको शैक्षिक भविष्यकोबारे गम्भीर हुनको लागि विद्यार्थीहरुले कस्तो वातावरणलाई रोज्ने भन्ने षियमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । कलेजले असार २४ गते उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको छ । सो 'करियर काउनन्सिलिङ कार्यक्रम' नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १० बजे सुरु हुने कलेज प्रशासनले बताएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मी उपस्थित हुने छिन् । कार्यक्रमका मुख्य आकर्षण महान्यायाधिवक्ता खम्बबहादुर खाती, नबिल बैंकका महाप्रवन्धक मनोज ज्ञवाली ,त्रिवीका सह-प्राध्यापक गणेश कुमार बाँस्तोला रहने पनि कलेजले जानकारी दिएको छ । उक्त कार्यक्रममा चर्चित मोटिभेसनल स्पिकर सौनक भट्टले काउन्सिलिङ्ग दिने कलेजले जानकारी दिएको छ। कार्यक्रममा महेस दोङ्गको समूहले सांस्कृतिक प्रस्तुति दिने छन् ।

कार्यक्रममा विद्यार्थीहरुलाई उच्च शिक्षा र अध्यनका वारेमा पनि मार्गदर्शन गरिने र जीवनको लक्ष्य निर्धारण गर्न सहि बाटो रोज्न प्रेरणा दिने क्याम्पस प्रमुख रामकृष्ण सिम्खडाले बताए । उनले कार्यक्रममा सहभागिताका लागि एसईई दिएर बसेका सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह समेत गरेका छन्।

सम्बन्धित समाचारहरू

Comments