क्यान्सर उपचारको लागि सहयोगको अपील

सुनसरी : एक वर्ष अगाडिदेखि पाठेघरको क्यान्सर रोगबाट पीडित बनेकी सुनसरी जिल्ला इटहरी उप महानगरपालिका वडा नम्बर ४  बौकारोडकी ५० वर्षीय रेनुका कुमारी बरालको उपचारमा आर्थिक अभाव भएको छ । घरको आर्थिक अवस्था समेत कमजोर भएपछि उपचार गर्न नसकिएको रेनुकाका देवर दिनेश सिग्देलले गुनासो गरेका छन्  । सिक्देलका अनुसार बिरामी भाउनुको अवस्था दिन प्रतिदिन कमजोर हुँदै गएको छ । 

क्यान्सर रोगबाट पीडित बनेकी रेनुका कुमारी बरालका श्रीमानको दुई वर्ष अगाडि कोरोनाका कारण निधन भएको थियो । उनका ६ जना छोराछोरी रहेका छन् । आर्थिक अवस्था बलियो भएको भए भाउजुको राम्रोसँग उपचार गर्न सकिन्थ्यो तर छैन दिनेशले गुनासो गरे । हाल उनको काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उपचार भइरको भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनको थप उपचार हुन सकेको छैन् ।  

उपचारका लागि काठमाडौं आएपनि आर्थिक अवस्था कमजोर छ पैसा छैन रोग निको हुन नसक्ने भयो दिनेशले भने । आर्थिक संङ्कट बढ्दै गएपछि उपचारमा सहयोग गरिदिन उनले आग्रह गरेका छन् । कोहि वौद्धिक र मनकारी व्यक्तिले सहयोग गरिदिए भाउजुको ज्यान बच्ने थियो उनले गुनासो गरे । बरालको उपचारका लागि परिवारले सहयोगको लागि अपील समेत गरेका छन्।

कमजोर आर्थिक हैसियत भएको कारण आमाको उपचार गर्न सकिएको छैन रेनुकाका छोरा सुमन सिक्देलले भने,‘ त्यसैले हामी सबै मिलेर आमाको उपचारको लागि रकम जोहो गर्न सबैसँग सहयोग मागिरहेका छौं।’ आमाको उपचारको लागि कतैबाट सहयोग जुटाइदिन उनले आग्रह गरे।

रेनुकाको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबै नेपालीलाई आग्रह गरेको छ। रेनुकालाई सहयोग गर्न चाहनेले रेनुकाका देवर दिनेश सिक्देलको मोबाइल नम्बर  ९८४९५७५२०१ मा सम्पर्क गर्न सकिनेछ । अथवा रेनुकाका छोरा सुमन सिक्देलको नाममा रहेको सानिमा बैङ्क कपन फैका शाखाको खाता नम्बर ००९०११०५०००१५५२ मा आर्थिक सहयोग डिपोजिट गर्न सकिने छ । 

 

सम्बन्धित समाचारहरू

Comments