पुर्बीय सभ्यता को इतिहास

  • २०७६ फाल्गुण ६ गते १२:१० बजे प्रकाशित

 पुर्बीय सभ्यता को इतिहास 



सारशं
      १५ देखि १९ औ शताब्दी सम्म का पश्चिमा तथा पुर्बिय आधुनिक बिद्धानहरुले बेदकोे सर्बपरि स्थान छ भनेर स्विकारी सकेका छन् । बेदको बास्तबिक अर्थ नबुझि हचुवाको भर मा अनेक टिका टिपणी गर्नु हो अर्थ छैन् । बेधते ≠ ज्ञेयते धर्मादिपुरुषर्था अनेन इति बेदः धर्मादि पुरुषार्थलाइ राम्रो सग जान्न , बुझन केलाउन सक्छौ त्यसलाइ नै बेद भनिन्छ । अर्को सरल भाषा मा भन्न पर्दा , जाग्ने र जगाउने असल बाटो नै बेद हो । बेद हरु लाइ चार खण्ड मा बिभाजित गरिएको छ । ४ मध्य सबभन्दा जेठो ऋग्बेद हो । अब हामी ऋग्बेदकै बारेमा केहि जानौ र बुझौ — 
    — ऋग्बेदको उत्पति भएको तथ्य हामी सामु छ । ऋग्बेदलाइ संसारका सबै इतिहासकार हिन्द तथा योरोपीय भाषा परिवारको सबैभन्दा पहिलो रचना मान्दछन् । ऋग्बेद मा १० मण्डल र १०२८ सुक्त र ११ हजार मन्त्र उच्चारण गरिएको छ । यी मन्त्र हरु मा देबता हरु लाइ स्तुती गरिएको छ । यी मन्त्रले देबता हरु लाइ यज्ञमा आवान गरिएको छ । यसका ५ साखा छन् । शाकल्य , वास्कल , आश्वलायन , शांखायन र मण्डुकाष्न । ऋग्बेद मा मुत्युन्जय मन्त्र उल्लेख गरिएको छ भने गायत्री मन्त्र पनि उल्लेख छ । 
१ — ऋग्वेद मानब सभ्यताको प्राचीनतम उपलब्ध अभिलेख हो । 
२ — ऋग्वेद मा धेरै सुक्तहरु छन् । बिभिन्न बैदिक देवताहरु को स्तुती स्तोत्रहरु को उल्लेख गरेको पाहिन्छ । 
३ — आधुनिकता ज्ञान बिज्ञानका कुरा हरु बडो गम्बिरता क साथ उढाइएको छ । आधुनिक मानिने अर्थशास्त्र , समाजशास्त्र आधारभुत अबधारणाहरु ब्याख्या गरेको पाइन्छ । 
४ — ऋग्वेद मा कुल १० मण्डल जसमा १०२८ सुक्त छन् , कुल १०५८० ऋचाहरु छन् । 
५ — १० मण्डल मा केहि मण्डल साना छन् भने केहि मण्डल ठुला पनि छन् ।
        लिपि अबिष्कार हुनु अघि बेदको मन्त्र रचना भएको कुरा बिभिन्न मन्त्र हरु द्धारा स्पष्ट हुन्छ । बेद मुख्यतया बाणि मा आधारित ज्ञान हो । यसलाइ पद्यात्मक शैलिमा बर्णन गरेको पाइन्छ छ । 
       यर्जुबेद गद्यात्मक शैलि मा छ । सामबेद गीतात्मक शैलि मा छ । अर्थर्बबेद को शैली पनि गितात्मक मा नै छ । अब हामी बेद हरुको बारेमा चर्चा गर्न गइ रहेका छौ । 
      सामबेद मा गाउन मिल्ने छन्दहरु छन् । यिनको गान यज्ञको समयमा हुन्छ । यस बेदमा १८२४ मन्त्र छन् । गिता मा भगवान श्रीकृष्ण ले सामबेदोस्मि भनेर यसको महत्वलाइ उजगार गर्नु भएको छ । सामबेद सारा बेद को सार पनि हो । सामबेद ज्ञान योग , कर्म योग र ्भक्तियोग त्रिबेणि हो । यो बेद लाइ सगीतशास्त्रको मुल मानिन्छ । यसका मुख्य ३ साखा र ७५ ऋचा छन् । सगीतशास्त्र मा यसलाइ प्रधान मानीएको छ । 
      यजुर्बेद यत्रको असल प्रक्रियाका लागी गद्य मन्त्र समाबेस गरिएको छ । बिशेषगरी क्षेत्रीहरु का लागी यो बेद महत्वपुर्ण मानीएको छ । यस का २ वटा शाखा छन् । नेपाल र उत्तर भारत तिर शुक्लयजुर्बेज अनि दक्षिण भारततिर कृष्णयजुर्बेज प्रचलित छ । यसमा ४० अध्याय छन् । यो बेदमा अधिकत यत्र र हवनको नियम र बिधान छ । गायत्री मन्त्र र माहामुत्युन्जय मन्त्र यसमा पनि उल्लेख भएको पाइन्छ । 
     अर्थर्बबेद मा स्तुतिका साथ साथै जादु सग सम्बन्धित छ । यसमा मन्त्र , तन्त्र राक्षस , पिशाच जस्ता भयानक शक्तिका बारेमा बर्णन गरको पाइन्छ । यसमा चिकित्सा बिज्ञान , र दर्शन सम्बन्धित मन्त्र हरु पनि पाइन्छ । भुगोल , खगोल , बनस्पति बिधा जडीबुटि , राजनिति , राष्ट्यिता लगाएत धेरै बिषय हरु यसमा समाबेस गरीएको छ । खासगरी यो ब्यापारी हरु का लागी अति उपयोगी मानिएको छ । 

पृष्ठभुमि
     बैदिक बिज्ञान अथवा हिन्दु बिज्ञान ले गरेका कतिपय आश्र्यजनक आबिश्कार सुन्ने बितिकै मुन्टो बग्गाउने आधुनिक बैज्ञानिक हरु को कमि छैन् यहा । समग्र प्रचिन इतिहास लाइ नकोटाइ कन तिनिहरु को हत्या गर्नु जगन्य अपराध हो । हाम्रो बिज्ञान ( संस्कृत ) र इतिहास दुबैको हत्या दुबैतिर बाट भएको बुिझन्छ । पश्चिमा हरु ले आपनो इतीहास बलियो बनाउन का लागी अरु को इतिहास लाइ बदनाम गरेर हिड्े । हाम्रा पुर्खा हरु ले पनि आपना सन्तती हरु लाइ आपनो इतिहास को बारेमा ब्याख्या गरेनन् या सुनाएनन् । आउने नया पुस्ता हरु ले पनि हाम्रो इतिहास के हो भनेर सिक्न र बुझन तिर लागेनन् । जसले जे भन्यो त्यसको पछि लागे , जसको परिणाम हाम्रो सत्य इतिहास लाइ खाडल खनेर पुर्ने काम भयो । हाम्रो सस्कृत , बेद को बारेमा अनेकौ भ्रमात्मक अफबाह फैलाउने काम भयो  । बेदमा के छ ? त्यो नाथे संस्कृत बढेर के हुन्छ ? त्यसमा के लुकेको छ ? के संस्कृत ले हाम्रो जिबन पाल्न सक्छ ? बेद शास्त्र हरु मा मुन्टो गाडेर पढेर के पाउनु छ ? जगलि अबस्थाको अबैज्ञानिक भाषाको के महत्व ? 
       पश्चिमा हरु ले अमिबा बाट बिस्तारै बादर हुदै मान्छे भएको सम्म ब्याख्या गर्न भ्याए । हामी ले त्यसलाइ पत्याउदै गयौ । गलत प्रचार गर्दा पनि हामी त्यसलाइ नै सत्य मान्दै हिड्यौ , त्यहि इतिहास पढ्दै गयौ । जसको परिणाम हामी हाम्रो इतिहास बारे अनबिज्ञ भयौ । 
      बेद भनेको गोठाला हरु ले गाउने गित मात्र हो । यसको खासै इतिहास छैन् । यस्ता अनेक मन गणन्ते कुरा आधुनिक शिक्षा लिने बाट सुन्न पाइन्छ । भौतिक संसार र आध्यात्मिक संसार मा कति फरक छ भन्ने कुरा आज को युग मा बिस्तार बिस्तार प्रमाणित हुदै गएको छ । अहिले पश्चिमा हरु ले आपनो बिश्व बिधालय मा बेद र संस्कृत को अध्यान गराउन पढ्यक्रम राखेका छन् । यदि बेद को महत्व नहुदो हो त उनीहरु ले बेद लाइ पढ्य पुस्तक मा राख्ने थिएनन् होला । हाम्रा बिश्व बिधालय ले भने हाम्रो अमंल्य सस्कुत लाइ बिस्तार बिस्तार पढ्य पुस्तक बाट हटाउदैछ । आपनो धर्म संस्कृत को जगेर्ना हामी आफै ले नगर्न हो भने केहि बर्ष पछि यो बिलय भएर जाने छ । बिश्व बिधालय ले संस्कृत राममायण , माहाभारत ,गिता जस्ता पुस्त हरु को अध्यान गराइदिने हो भने हाम्रा आउने पुस्ता हरु मा नैतिकता वान , ज्ञान वान बन्थे होला । 
बेद के हो ?    
    
      बेद को उत्पती कहिले भयो भन्ने यकिन का साथ कसैले भन्न सक्दैन । मनुष्य कल्याण को निमित्त इश्वर द्धारा प्रदान गरीएको ज्ञान नै बेद हो । सृष्टिको आरम्भ मा नै बेद को उत्पति भइ सकेको थियो । बेद संस्कृत भाषाको बिद् — धातु बाट बनेको हो ।  
       बेद को अर्थ हुन आउछ ज्ञान । बेद लाइ श्रृति पनि भन्ने गरीन्छ । यसलाइ श्रृति भन्नु को अर्थ सुनेर एका अर्का मा भन्न सक्नु हो । जति बेला लेख्न का लागी कुनै साधन थिएन । लेख्ने पनि जान्दैन थिए । त्यसबेला नै बेद को उत्पति भइ सकेको थियो । बिश्व इतिहास मा बेद भन्दा पहिला कुनै पनि पुस्तक लेखिएको थिएन । बेद मा १० मण्डल र १०२८ श्रृचाहरु छन् । 
     बेद को अर्थ कसैले लगाउन सक्दैन भन्नु सरासर गलत हो । अर्थ नलाग्ने बस्तु त निरर्थक भइहाल्यो । यस भित्र खोज्न पर्न अनेक कुरा हरु छन् बाहिर सतह मा बसेर पोखरि को गहिराइ अनुमान गर्ने खोज्नु गलत हो । बेद हितकारी शिक्षा को भण्डार हो । मानब हित कारी शिक्षा को निति बेद को उत्पति भएको हुनपर्छ । बिलक्षण  भएकै कारण भगवान को मुख बाट निक्लेको हुनपर्छ । धार्मिक मात्र नभइ एैतिहासिक दृष्ट्लिे पनि बेद हरु को असाधारण महत्व छ । बैदिक युगमा आर्यको संस्कृति र सभ्यता जान्ने एक मात्र साधना यहि बेद थियो भन्दा फरक पदैन । 
      बेद को सार उपनिषद र उपनिषद को सार गिता हो यो नै अहिले मानब का लागी उपयुक्त धार्मिक ग्रन्थ मानिन्छ । एक हिसाब ले हेर्दा बेद उपनिषद र गिता नै बास्तबिक धर्म ग्रन्थ हुन् भन्दा फरक पदैन । बेद भनेको ऋषि हरु को मन वा बिचारका उपच होइनन् । ऋषि हरु ले पनि त्यहि लेखे वा भने जुन उनिहरु पुर्णजाग्ररत अबस्था मा देखे वा सुने । 
      ऋग्बेद मा लगभग ४१४ ऋिषि हरु को नाउ उल्लेख छ , जसमा ३० नाम महिला ऋषि हरु को छ । 
       बेद एउटा सबिधान पनि हो । यसले मान्छे लाइ आपनो आचरण मा बस्न सिकाउछ । कसले के गर्न हुन्छ हुदैन यसले सिकाएको छ । 
आज संसार मा अनेक मतहरु प्रचलित छन् । जसको इतिहास २५ सय बर्ष भन्दा पुरानो छैन् । सृष्टिको उत्पती भएको २५ सय बर्ष मात्र भयो त ? यी सब का उत्तर पाउन का लागी बेद को अध्यान आबस्यक छ । 
     बेद यस्तो ज्ञान हो जसले मनुष्य लाइ मनुष्य बनाउछ । अन्य ग्रन्थ हरु ले जस्तो — बाइबल ले —इसाइ बन भन्छ । कुरान ले —मुसलमान बन भन्छ । बेद एउटा यस्तो ग्रन्थ हो यसले यसले न मुसलमान बन भन्छ , न इसाइ , न त हिन्दु नै , यसले केबल असल मनुष्य बन भन्छ । यहि कारण ले बेद इश्वरीय ज्ञान हो । बेद ले न धर्म भन्छ , न जात भन्छ , न उमेर को हद तोकेको छ  , न त लि¨ नै तोेकेको छ । यो सबै जात जाती भाषा भाषि को समान धार्मिक ग्रन्थ हो । यसलाइ जसले पनि अध्यन गर्न सक्छ । पछि आएर धार्मिक ब्यापारी हरु ले बेद ब्रम्मण बाहेक अरु ले अध्यान गर्न हुदैन भनेर ब्याख्या गरे । भगवान सबै का समान हुन् भने बेद पनि सबै को समान धार्मिक ग्रन्थ हो । बेद भनेको हिन्दु अर्थात आर्य हरु को मात्र ग्रन्थ होइन यो त सारा ब्रमाण्ड मा बस्ने समस्त मानब जाती को सबभन्दा पहिला उत्पती भएको सहित्य हो । यसमा सबै धर्म हरु अटाउन सक्छन् सबै मानब हरु अटाउन सक्छन् , यसले सबै लाइ सम भाब ले हेर्छ ।   
     बेद भनेको अलेखित इतिहास हो । बेदमा के लेखेको छ  ? बिज्ञान काहा छ ? इतिहासको बर्णन काहा छ ? भुगोल काहा छ ? प्राचीन कालमा सामाजिक स्थिीती के थियो ? याबद कुरा को बर्णन नगरि कन इतिहास लेखेर आफु लाइ इतिहास कार भन्ने को कमि छैन् यहा । बिज्ञान ले आज पत्ता लगाएको कुरा हाम्रो बेद ले आज भन्दा करडौ बर्ष पहिला पत्ता लगाइ सकेको थियो । अहिले जेट प्लेन उढाएका छन् । हाम्रो इतिहास हेर्न हो भने आज भन्दा ११ हजार बर्ष पहिला नै रावण ले पुष्प बिमान उढाएको थिए भन्ने कुरा राममायण मा उल्लेख गरीएको छ । 
हाम्रा बेदहरु लाइ ४ भाग मा बिभाजन गरिएको छ । 
  — पहिलो लेखिएको बेद ऋग्बेद हो । यसमा देबि देबता लाइ आवान गर्ने मन्त्र हरु उच्चारण गरेको पाइन्छ 
— दोस्रो लेखिएको बेद यजुर्बेद हो । यसमा यज्ञ गराउनका लागी सगीतमय मन्त्र हरु उच्चारण गरीएको छ । 
 — तेस्रो लेखिएको बेद सामबेद हो । यसमा यज्ञको असल प्रक्रिया लागि गध्य मन्त्रहरु उच्चारण भएका छन् । 
 —  चौथो लेखिएको बेद अथर्बबेद हो । यसमा जादु , चमत्कार , आरोग्य जस्ता मन्त्र हरु उच्चारण भएका छन् । यि चार बेद हरु मानब जिबन मा अति फलदायक छन् । 

       मान्छे को बिकास को बारेमा बिज्ञान ले गलत अर्थ लगाएको छ अमिबा बाट बिस्तारै बादर र बादर बाट मान्छे भएको तर्क सारेको छ त्यो आधार हिन तथ्य हो । यदी हामी बादर बाट बिकसित भएर मान्छे भएको हौ भने अहिले भएका बादर बाट मान्छे किन भएनन् ? हजारौ बर्ष देखी हामी ले बादर लाइ बादर नै देखि रहेका छौ , भने मान्छे लाइ मान्छे नै । 
      आजको मानबले लेखेको तारिक को भरमा । इतिहास , बेद देखी आरण्यक , उपनिषद , कल्प , ब्याकरण , ज्योतीष , स्मिृति , पुराण आदि ग्रन्थहरु को इतिहास बंशावलि कसरि लेख्न सकिएला । आज को सोधखोज कर्ता हरु ले माथि लेिखएको एक मात्र ग्रन्थ को बारेमा समेत अध्यान गर्न सकेका छैनन् । उनीहरु त्यसको गहिराइ मा कसरि पुग्न सक्लान ?
         ऋिषि मुिीहरु ले कुन कुन ग्रन्थ के के बिषय मा लेखे यसको पत्ता लगाउन साह्रै गारो छ । त्यस समय मा को को राजा थिए ? यसको बंशावली पत्तै छैन् । चौध मनु कुन समय का थिए ? उनिहरु को बंश परम्परा के थियो ? काहा काहा थीए ? के के काम गरे , भन्ने आज को इतिहास कार हरु लाइ पत्ता छैन् । जुन देश मा एक राज बंशले ९००० हजार बर्ष राज्य गर्थे । राम ले त ११००० बर्ष राज्य गरेको बाल्मीकि राममायण ले प्रष्ट पारेको छ । आधुनिक इतिहास भनेको हिन्दु र हिन्दुत्व मास्ने इतिहास मात्र देखिएको छ । आर्य इतिहास को बर्णन हेर्न हो भने स्मृति कल्पसुत्र मा पर्याप्त मात्रा मा छ । आधुनिक इतिहास जान्ने हरु लाइ थाहा छैन् , ऋिषि हरु को जिबनि र कला , फेरि ज्योतिष बिषय भित्र लेखिएको इतिहास त पत्याउन गारो छ । आर्यभट्ट जस्ता बैज्ञानिक गणितज्ञ र सुर्य सिद्धन्त आदि शास्त्रज्ञहरु को इतिहास पनि अग्रजी तारिक बाट जान्ने मेसो गर्दा आर्य इतिहास को बाटो पहिले नै हराइसक्यो । चार युग माध्य कलीयुग को आयु ४,३२,००० हजार छ भनिएको छ । अहिले यसको आयु ५०३० बर्ष पुगेको छ । इतिहास पत्ता लगाउने भनेको लिपि द्धारा हो , लिपि को बारेमा पनि निकै भ्रम छ ।
       आधुनीक लिखित ग्रन्थ हरु इसा पुर्ब चौथो शताब्दि भन्दा अगाडि को होइन । महोनजोडदो तथा हडप्पा ग्रन्थ नमिले पनि त्यहा पाइएका मुद्रा , मोहोर , माटाका भाडा , माटा का टुक्रा हरु बिशिष्ट लिपिमा लेखेको लेख पाइएको छ । त्यसको साथमा यो पनि भन्न सकिन्छ कि ति लिपिहरु लाइ आजका लिपि बैज्ञानिक हरु ले सफलता पुर्बक यथार्त रुपले प्रष्ट अर्थ बुझेर पढन सकेका छैनन् , त्यसैले सत्य बाहिर आउन सकेको छैन् । ताबाको टिकिया , काच लाइ रुपान्तरित गरेर बनाएको चुरो , माटोको चुरो आदी मा पनि लेख लिपि हरु मिलेको छ । मोहोन जोडदो भन्ने ठाउ मा खन्दा एक यस्तो पात्र मिल्यो जसको एकतर्फ नाउको चित्र बनाइएको छ भने अर्का तर्फ चित्र लिपिमा एक दुइवटा अक्षर पनि लेखिएको छ । बिज्ञान ले हामी लाइ यति सम्म मुर्ख बनाएको छ हाम्रा पुर्खा हरु बादर थिए बादर को बिकसीत रुप नै मान्छे हो जगली अबस्था मा लेखपढ गर्न जान्दैन थिए लत्ता कपडा लगाउदैन थिए । यसमा थोरै भन्न मन लाग्यो यदि हाम्रा पुस्ता अमिभा बाट बादर हुदै मान्छे भएको भए अमिभा भन्दा अगि को पुस्ता चाहि के थियो त ? यसरी बिकसीत क्रम भएर मान्छे सम्म आइ पुगेको हो भने अहिले भइ रहेका बादर चाहि हजारौ बर्ष देखि बादर नै छन् किन मान्छे भएनन् त ? फेरी मान्छे पछि पनी अर्का बिकास क्रम हुन पथ्र्यो त्यो चाहि किन भएन त ? बिच भाग मा चाहि बिकास हुने अगाडि र पछाडि चाहि नहुने यो पनी तर्क सगत होला ? बिच को भाग भएपछि अगी पछि को भाग पनि हुन पर्यो अनि मात्र तर्क सगत  मान्न सकिन्छ । 
      बेद ब्यास ले लेखीएको चार बेद आज पनी सर्बत्र उपलब्ध छ त्यो आज लेखी एको ग्रन्थ होइन यदी आर्य हरु लेख्न जान्दैन थिए पढन जान्दैन थिए भने ती ग्रन्थ हरु कसरी लेखीए । हामी ढु¨े युग बाट आज बिकसित युग मा आयौ भनेर कसरि मान्ने ? इतीहास  भनेको जित्ने को घोडा हो जसले जित्छ त्यसैले लेख्छ हाम्रो ग्रन्थ को बारेमा कसैले खोज खबर गरेन पश्चिमा ले मौका छोपेर हाम्रो सत्य इतीहास लाइ खाल्डो मा गाडेर आपनो इतिहास लाइ फैलाउने काम गरे ।
   राइट दाजु भाइ ले पहिलो बिमान पत्ता लगाए भनेर हामी लाइ इतिहास मा घोटाइदैछ । राइट दाजु भाइ ले भन्दा करडौ बर्ष पहिला ऋिग्बेद मा फाइटर प्लेन को बारेमा चर्चा गरिएको छ । पुष्पक बिमान नाम दिइएको उक्त बिमान जता चायो उतै लान सकिन्थीयो अतन्त बेगशालि पनि थियो आफु ले इच्छा गरेको ठाउ मा रोक्न सकिने कुरा को राममायण मा राम्रो सग बर्णन गरिएको छ । राबण ले प्रयोग गर्न उक्त बिमान कुबेर सग युद्ध गरेर जितेर ल्याएको भन्ने तथ्य छ । केहि कुरा छैन् भनीन्छ भने त्यसको पछाडी केहि न केहि अबस्य हुन्छ यदि हुदैन थियो भने छैन् भन्नु पर्न आबस्यक नै छैन् । सबैभन्दा पहिला सस्कृत अध्यन नगर्न ले त्यो इतिहास को छेउभेउ कसरी पाउन सक्छ र ? कसैले तेरो बाबु पाची भन्दियो भने , हो मेरो बाबु पाचि भन्छ , पाची को अर्थ के हो भनेर खोजबीन गदैन । यो नै हाम्रो सबभन्दा समस्या को जड हो । 
       आर्यहरु ले बनाएको घर अहिले बिज्ञान ले बनाएको भन्दा कति गुणा बलियो थियो यसो भन्दा जो कोहि लाइ बिश्वास नलाग्न सक्छ तर पनि सत्य कुरा सत्य हो भन्नै पर्छ । सुबर्णमय एक हजार तले घर मा बस्ने आर्य हरु ज¨ली हुन सक्दैनन् । जो ब्यक्ति बैदिक सस्कृत साहित्य बाट अनबिज्ञ छ उसलाइ यो सब भन्नु को अर्थ छैन् तर जो यसलाइ बुझन खोच्छ उसले अबस्य केहि बुझने छ । अरुको इतीहास झुटो हाम्रो इतीहास सत्य भन्न खोजीएको होइन जे सत्य हो त्यसलाइ सबैले मनन गर्न सकुन भन्न खोजेको मात्र हो । हामीले यो पनि सम्झी राखौ बैदिक काल मा बिज्ञान थिएन भन्नु झुट सिबाए केहि होइन ।  हाम्रो पुर्खाहरु जगली थिएनन् भन्ने कुरा प्रमाणित भइसक्यो यसलाइ अरु पृष्ट गर्न पर्ला जस्तो लाग्दैन । 
       हामी ले आपनो इतिहास लाइ जरो न टुप्पो गरी सबै तिलान्जली दिने काम ठिक होइन । आयदित इतिहास लाइ सम्मान गर्न आपनो पुख्यौली इतिहास ( बिज्ञान ) लाइ पर्दा भित्र राख्नु राम्रो होइन हरेक क्षेत्र बाट यसको खोजी निति हुन पर्यो । ससार भरि को जाति मा हिन्दु को सख्या तेस्रो मा आउछ भने एसीया मा मात्र ९० प्रतीसत हिन्दु धर्मबलम्बि हरु को बसोबास गर्छन् । यसको जगेर्ना गर्न काम  पनी हाम्रो नै हो । सात समुन्द्र पारको इतिहास ले हाम्रो प्राण रहदैन , उसले भनेको प्रमाण मान्नु पनी उचित होइन । नया पुस्ता ले सस्कृत पढन छाडे । राज्य ले पनि आपनो धर्म , संस्कृत को जगेर्ण गर्न छाड्यो । बेद को अध्यन कसले गर्न ? बिधालय बिश्व बिधालय बाट सस्कृत शिक्षा हटाइयो भने अग्रेजी बिषय लाइ अनीबार्य गराइयो  । यो जति अन्याय के होला यस्तै अबस्थ रहने हो भने एक दिन यस्तो दिन पनी आउने छ सस्कृत भनेको के हो भनेर घर मा बच्चा ले आपनो अभिबाभक लाइ सोध्ने छ । तितो को पातै नछुने मिठो को जरा पनी नराख्ने परम्परा ले गर्दा सस्कृत ओझेल मा पदै छ फेरी सस्कृत भनेको बाहनु ले मात्र पढने बिषय हो भनेर भ्रमित गरीयो जसका कारण यो बिषय मा चर्चा परिचर्चा हुन सकेन । डा स्वामी प्रपन्नाचार्य बेद को ज्ञात हुनुहुन्छ वाहा बाहुन को छोरा होइन तर पनी बेद मा कसरी लिप्त हुनु भयो सस्कृत भनेको कसैको प्यावा होइन जसले पनी अध्यन गर्न सक्छ चाहेको खण्डमा । 
    भौतिक संसार भनेको आज को यो अशान्ति मय युग हो । जति धन , सम्पति कमाए पनि जति यसो और आराम भए पनि मान्छे शान्ति सग बाच्न सकेका छैन् । जो ब्यक्ति भौतिक संसार मा दौडिन्छ , उसको भाग दुख बाहेक केहि छैन् । जति बिकास त्यति नै बिनास । बिज्ञान ले जति आबिष्कार गरेको छ । मान्छे मा त्यति नै अशान्ति छाएको छ । मान्छे धन को पछि दौड्न थालेको छ । जति दोडिदा पनि उसको इच्छा अकाक्षा पुरा हुन सकेको छैन् । 
अन्तय मा 
        बेद को मुख्य उदेश्य भनेको नै सांसारिक रिस राग दोयष बाट मान्छे लाइ मुक्ति प्रदान गर्नु हो । एको ब्रम्म दुतियो नास्ति । अर्थात एक ब्रम्मा बाहेक संसार मा अर्का कोही छैन । म भित्र को म लाइ चिन अरु को पछि लागेर भौतारिने काम नगर । तिमि आफु ले आफै लाइ त चिन्न सक्दैनौ  भने अरु लाइ कसरी चिन्छौ । भौतिक संसार मा दौडेर शान्ति पाइदैन । जाहा शान्ति नै छैन् , त्यहि  अलमली रहेका छौ । त्यसैमा आन्नद खोजि रहेका छौ । मरभुमि मा पानी खोजेर काहा पाउनु । आध्यात्मीक चिन्तन गर जाहा सुख को अनुभति प्राप्त गछौ । सुख पनि तिमि भित्रै छ , दुख पनि तिमि भित्रै । कसलाइ स्थान दिएर बाहिर ल्याउने तिम्रो कुरो हो । जुन बिरुवा लाइ राम्रो मलजल गछौ , त्यो नै फस्टाउछ । यति सिस्नो रोप्यौ भने सिस्नो नै फल्छ , सुगन्धित फुलहरु रोप्यौ भने त्यहि फल्छ । आफु भित्र को फुल लाइ बाहिर ल्याउने हो कि सिस्नो लाइ यो  तिम्रो कुरा हो । जो आध्यात्मीक संसार मा दौडीन्छ उस को भाग केबल सुख मात्र छ । जो ब्यक्ति अध्यात्मिक छ , उसलाइ न पाउनु मा खुशि छ , न गुमाउनु मा दुखि । उसमा सम भाब छ । गिता लाइ समस्त बेद को सार मानेका छौ । गिता मा १८ अध्याय छ । यो संस्कृत भाषा मा लेखिएको पुस्तक भएता पनि अहिले नेपाली लगाएत बिभिन्न भाषा मा प्रकाशित भएका छन् । यस पुस्तक मा भक्ति र बैराग्य बिषय उल्लेख गरिएको छ ।
       गिताको उदेश्य भनेकै मान्छे लाइ सान्सारिक दुख कष्ट बाट छुटकार दिनु हो । सबभन्दा ठुलो  धर्म मानब धर्म हो । गिता मा भनिएको छ ।  खाली हात आयौ खाली हात जान्छौ । तिमि ले गरेको सतकर्म र दुस्कर्म सगै लिएर जान्छौ । न तिमि ले केहि ल्याएको थियौ न केहि लाने छौ । तिमि कर्म जस्तो गर्छो फल पनि त्यस्तै पाउछौ । धान रोप्यौ भने भात खान पाउछौ , कोदो रोप्यो भने ढिडो । कोदो रोपेर मैले भात खान पाइन भनेर हुदैन । त्यसका लागी धान नै रोप्न पर्छ । गिता अर्का बाक्य भनिएको छ , — नैनं छिदन्ति सहस्रणि , नैनं दहति पाबक , न चैनं क्लेदयान्त्यापो न शोषयति मारुत , अर्थात — न सस्त्र अस्त्र ले काट्न सक्छ , न अग्नी ले जलाउन सक्छ  , न यसलाइ जल ले गलाउन सक्छ , न त पबन ले सुकाउन नै सक्छ । निस्कामना भाव ले कर्म गर । तिमि ले कसै प्रति केहि इच्छा नराख यदि इच्छा राख्छौ भने तिमि दुखि हुन्छौ । सबै सग भाइचार को सम्बन्ध कायम गर । चार जात छतिस बर्ण को फुलबारी मा सबै मिलेर बस्नु को बिकल्प छैन ् । 
सन्दर्भ सामाग्रि हरु— 

बेद मा के छ ? डा स्वामि प्रप्रन्नचार्य 
ऋग्बेद — तिलक प्रशाद लुइटेल
गिता सार 
 

 

सम्बन्धित समाचारहरू

Comments