अदालत र न्यायाउपर लाञ्छना लगाउने काम गरेको छैन : प्रचण्ड

  • झरना खबर
  • २०७७ फाल्गुण १७ गते ०८:२० बजे प्रकाशित

काठमाण्डौ : नेकपाको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको कार्यकारिणी पदमा रहेकाले न्यायालयमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने उल्लेख गरेका छन् ।


उनले आइतबार सर्वोच्च अदालतमा परेको अवहेलनाको मुद्दाको प्रतिवाद गर्न त्यहाँ पुग्दै पेस गरेको लिखित जवाफमा कार्यकारिणीमा रहेको व्यक्तिले न्यायालयमा विचाराधीन अवस्थामा रहेको विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने उल्लेख गरेका हुन् ।

लिखित जवाफमा उल्लेख गरिएको छ– ‘अदालत र न्यायाधीशउपर लाञ्छना लगाउने, धम्की दिने, न्याय दिने काममा बाधा गर्ने, न्यायिक फैसला उल्लंघन गर्ने विषय मात्र अदालतको अवहेलना हुनेछ ।’

प्रचण्डले गत माघ ९ गतेको सार्वजनिक कार्यक्रममा आफूले कार्यकारिणी पदमा रहेका व्यक्तिले संविधान उल्लंघन गरेको कार्यलाई स्पष्ट पार्न खोजेको विषयलाई अवहेलना हुने भनी अदालतमा मुद्दा चलाइएको उल्लेख गर्दै सो विषय आफूलाई लागू नहुने लिखित जवाफमा जनाइएको छ ।समाचारपत्र दैनिकबाट

सम्बन्धित समाचारहरू

Comments