पोखरेलको राजीनामा स्वीकृत

  • झरना खबर
  • २०७८ बैशाख १९ गते १०:४४ बजे प्रकाशित

काठमाण्डौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले उनको राजिनामा स्विकृत गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजीनामा बुझाएका थिए ।संविधानको धारा १६८ को २ बमोजीम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजीम सरकार गठन गर्न मार्ग प्रसस्त गर्न भन्दै राजीनामा बुझाएको जनाईएको छ। संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामा पत्रमासमेत उल्लेख छ ।

मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस,माओबादी केन्द्र लगायतका दलहरुले दर्ता गरेको अबिश्वास प्रस्तावबारे आजै प्रदेश सभामा छलफल शुरु हुंदै थियो । बैशाख ६ मा उनी विरुद्ध कांगैस माओवादी सहितका दलले अविश्वाशको प्रस्ताव ल्याएका थिए ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ । मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएपछि एमाले संसदीय दलको बैठक शुरू भएको छ । दाङ २ ९क०बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए।

सम्बन्धित समाचारहरू

Comments