काठमाण्डौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो,चिसोबाट बच्न मौसमविदहरुको सुझाव

काठमाडौं : उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो बढेको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान समेत ठप्प भएका  छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।
मौसमविदका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।काठमाडौंमा यस्तो अवस्था केहि दिन सम्म कायम रहन्छ, जसका कारण चिसो बढेको महसुस हुन्छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव छ । त्यसैले प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । बाँकी भूभागमा सामान्य बदलीको अवस्था छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ र २ मा हल्का वर्षाको सम्भावनासमेत छ ।साथै तराईका धेरैजसो भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविदहरुले सुझाव दिएका छन् ।अनलाइन खबरबाट

सम्बन्धित समाचारहरू

Comments