साहित्यकार सुमन वर्षालाई 'हेमन्ती साहित्य' पुरस्कारद्वारा सम्मान

काठमाडौं : चर्चित साहित्यकार सुमन घिमिरे वर्षा सम्मानित हुने भएकी छिन् ।  सुदूर पश्चिमाञ्चल साहित्य समाजले साहित्यकार सुमन वर्षालाई सम्मान गर्न लागेको हो । 

उनलाई गणेश स्मृति हेमन्ती साहित्य पुरस्कारद्वारा नगद २५ हजार सहित सम्मानित गर्ने निर्णय भएको सुदूर पश्चिमाञ्चल साहित्य समाजले जनाएको छ ।

‘अन्ततः यन्त्रणा’ उपन्यासमा सुदूर पूर्वी भेगको सामाजिक विषयबस्तुलाई प्रमुख कथा बनाई नारी नियति र अस्मिताबारे चिन्तनशील लेखन गरेबापत उपन्यासकार घिमिरेलाई  सम्मानित गर्ने समाजले जनाएको हो ।

अङ्ग्रेजी विषयमा प्राध्यापन गर्नुहुने सुमन वर्षा समीक्षक, कवि, कथाकार र चर्चित साहित्यकार हुन् ।  उनलाई विश्व नारी साहित्य सम्मेलनका अवसरमा उक्त सम्मान प्रदान गरिनेछ ।

सम्बन्धित समाचारहरू

Comments