छोरीको जन्म र भगवानको श्राप

सुशीला शर्मा(धमला),गजलकार

 

आमा बुवाको छोराको चाहाना हुँदाहुँदै हामी सात वटी छोरी जन्मियौँ समाजमा बाबा आमाले पाप गरेर श्राप परेको भन्ने बिगबिगी चल्यो । आमा र बाबालाई पनि साँच्चिकै श्राप भन्ने लाग्यो गाँऊको विकटता अनि सात सात जना छोरीको शिक्षा दीक्षाले सधैँ आमा र बाबालाई सताइरहेको थियो ।  र पनि भगवानको श्राप हो भनेर सहस्र स्वीकार्नु नै थियो ।

यसरी सधै बाबा र आमालाई पीडामा देखेर मलाई साह्रै नराम्रो लाग्थ्यो । म घरमा जेठी छोरी थिएँ ।  हामी कृषक परिवारमा जन्मेका हुनाले  घरको  काम सकाएर मात्र सरकारी विद्यालय जान पाउँथ्यौँ। सरकारी स्कुलको सामान्य  शिक्षक मेरो बाबा हामी स(साना छोरीहरू  लिएर विद्यालय जानुहुन्थो । म र माइली बहिनी भने ठूला थियौँ । हामी  दुई दिदीबहिनी  अलि टाढाको विद्यालय  जान्थ्यौँ । मन खिन्न पार्दै समय कटाउनुहुने मेरा बा(आमालाई  हामीले केही  खुशी दिन सफल भयौँ ।  राम्रो पढेका हुनाले  हामीलाई  पुरै छुटमा विद्यालयले पढाउन थाल्यो । साना बहिनीहरू पनि ठुला हुँदैजाँदा झनै जेहेन्दार बन्दै गएका थिए  । तर पनि बा(आमालाई भने वंशको चिन्ता हटेको थिएन । ूए १  तेरा त छोरी छोरी छन् । ठूला भएर सबै अर्काको घर जाने हुन् के गर्छस् पढाएर धेर खर्च नगर्नू ू भन्दै छिमेकी हजुरबुवाहरुले भनेको सुन्दा म अझै दुखी बन्थें १  र मनमा प्रश्न उब्जिन्थ्यो , ूतेसो भए हामी किन जन्मियौ,  भगवानले हामी छोरीको किन सृष्टि गर्यो ,  हामी बिनाको संसार सुन्दर हुने भए किन संरचना गरेन रुू  यस्ता अनेकौ प्रश्न मेरो कलिलो मानसपटलमा उब्जिरह्यो । त्यो दिनबाट भगवानको सृष्टिलाई नै चुनौती दिने गरी  यो समाजिक संरचना तोड्न मन लाग्यो ।  आजबाट केही गरेर यो समाजमा परिवर्तनको आभास गराऊनु पर्छ भन्ने सोचेँ मैले ।

उता छिमेकका हजुरबुवा  मेरो बाबालाई यी बन्साका बोट अर्कोको जहान पढाएर कुनै ठूलो काम गरिनस् जेठा भन्नुहुन्थ्यो । तर  उनै हजुरबुवाका दुवै  छोरा  बुहारीहरूले नराम्रो गरेर बुढाबुढीलाई  छुट्टै छाडेर आ(आफ्नो श्रीमती लिएर बसे । उनीहरूलाई  बिरामी पर्दा पनि कोही  साथ दिन आएन ।

ईखले  मन भित्र नमेटिने ज्वाला बलेर आयो । साँच्चिकै म पढाई र अन्य क्रियाकलापमा म पहिलो हुँदै गए र उच्च शिक्षा प्राप्त गरेँ । बहिनीहरू पनि सबै पढाईमा अब्बल बन्न लागे ।  सरकारी जागिरमा  मेरो  नाम  निस्कियो ।  माइली बहिनीले डाक्टर पढ्न पुरै छुटमा नाम निकाली । अरू  बहिनीहरू पनि कुनै ईन्जिनियर बने  कुनैले बैङ्कमा नाम निकाले । यसरी सबैजना हामी सरकारी जागिरमा आफ्नो भविष्यको रेखा कोरेर अगाडि बढ्यौ । बाबा(आमामा छुट्टै खुशीको अनुभूति भयो । गाँऊले सबैले हाम्रो उदारहण दिन लागे ।  ूसाँच्चिकै छोरी हुन त यस्ता हुन् स फलानाका छोरीहररूमा  न कुनै लपन छपन न त कसैलाई नराम्रो ब्याबहार साँच्चिकैका देवीको स्वरुप हुन् । मेहनती , ममताका खानी , माइती र पराई  घर दुवैको अनुपम सुन्दरताका खानी ू  भनेर तारिफ गर्न लागे । हामी सात जना छोरी मिलेर बाबा आमालाई  काम सघाउने एउटा साथी राखिदियौँ  र बराबर पैसा खातामा जम्मा गरिदियौँ ।  बाबा आमाले पनि हाम्रा छोरीहरु प्रत्येक्ष भगवानका रूप  रहेछन् किन छोराको चाह गरियो भन्दै आफैंलाई धिक्कार्नुभयो । र अन्त्यमा पनि  समाजमा छोराको वंश धान्ने परम्परा तोड्दै बाबा र आमाको दाहसंस्कार हामी सातवटी छोरी मिलेर गर्यौ ।
                                 

सम्बन्धित समाचारहरू

Comments