सामलिङ पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

  • झरना खबर
  • २०७८ श्रावण १४ गते ०९:४९ बजे प्रकाशित

काठमाण्डौं : सामलिङ पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा स्थानियलाई पाँच करोड बराबरको पाँच लाख कित्ता शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणका लागि १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गर्न लागेको हो ।

आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् तीन लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात दुई लाख कित्ता शेयर विक्री गर्नेछ ।

यो शेयर छिटोमा भदौ ४ गतेभित्र विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदौ २० गतेसम्मको मिति कम्पनीले तय गरेको छ । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ ।रिपोर्टर्स नेपालबाट

सम्बन्धित समाचारहरू

Comments