मन्त्रिपरिषद् बैठक अपराह्न ५ बजे बस्दै, ‘लकडाउन’बारे निर्णय हुने

  • झरना खबर
  • २०७८ बैशाख १३ गते १२:०३ बजे प्रकाशित

काठमाडौं  - आज (सोमबार) मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ।

एक मन्त्रीका अनुसार बैठक अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो।

बैठक विशेषगरी कोरोना महामारी र नियन्त्रणका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसबारे केन्द्रित हुनेछ।

सीसीएमसीले गरेका सिफारिस विश्लेषण गरी मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि लागू हुन्छ।

आइतबार बसेको सीसीएमसी बैठकले कम्तीमा ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ।

यस्तै संक्रमितको संख्या पहाडमा २०० र सहरमा ५०० नाघे निषेधाज्ञा गर्न र त्यो अधिकार स्थानीय प्रशासनलाई दिन सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले तीलगायत कोरोना महामारी नियन्त्रण सम्बन्धमा आवश्यक निर्णय र निर्देशन जारी गर्ने बताइएको छ।

सम्बन्धित समाचारहरू

Comments