काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तत: सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गभर्नरको नाम दिन भनेका छन्।
गत चैत २४ गते नै गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिए पनि सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न सकेको छैन, निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ।
सत्ता साझेदार दल कांग्रेस र एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको थियो।
अन्तिम अपडेट : २०८२ बैशाख ४ गते ०६:०९ बजे
Comments