सेन्टेनियल स्कूलद्वारा एसईई दिने विद्यार्थीलाई विदाई (फोटो फिचर)
- झरना खबर
- २०८१ चैत्र ४ गते ०४:५२ बजे प्रकाशित

जोरपाटी- गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-५ जोरपाटीमा रहेको सेन्टेनियल स्कूलका एसईई दिने विद्यार्थीको बिदाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार छिमेकी पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १० मा अध्ययनरत यस वर्षको एसईई परीक्षा दिने विद्यार्थीहरुलाई विदाई गरेका छन् । सेन्टेनियल स्कूलले निरन्तर विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।
एसईई दिने विद्यार्थीलाई विदाई गर्ने कार्यक्रमको प्रमुख अतिथि प्याब्सन गोकर्णेश्वरका निवर्तमान अध्यक्ष एवम् सर्वनाम शिक्षालयका प्रधानध्यापक दुर्गानाथ सिवाकोटी रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिवाकोटीले विद्यार्थीहरुलाई एसईईको सफलताको शुभकामना दिनुभएको थियो ।कार्यक्रममा विद्यार्थीहरुलाई अविर, खादा र मायाको चिनो दिएर बिदाई गरिएको थियो । विदाई कार्यक्रममा बोल्ने शिक्षकले एसईई परीक्षा दिने विद्यार्थीहरुलाई शैक्षिक प्रगतिको शुभकामना दिएका छन । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल डाक्टर ऋषिकेस वाग्लेले आउदै गरेको एसईई परिक्षामा कक्षा १० का विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्धक श्याम शाहीले सेन्टेनियलका विद्यार्थीहरुले एसईई परिक्षाका लागी उत्कृष्ट तयारी गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा बोल्दै प्रबन्धक शाहीले विद्यार्थीहरुलाई उच्च कोटीको शिक्षण सिकाईका लागी सेन्टेनियल स्कूलले सधैं प्रेरित गरिरहेको बताउदै प्रयोगात्मक ढँगले पठनपाठन भैरहेको जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका संयोजक डाक्टर मोतिराम फुयाँलले कक्षा १० को २०८१ ब्याचलाई बिदाई गर्दै गर्दा आगामी भविष्यको सबै प्रयासहरूको लागि शुभकामना समेत दिनुभयो । उहाँले अभिभावकहरूलाई कार्यक्रममा सामेल भएर कार्यक्रमलाई विशेष बनाएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । कुटुम्बा शिक्षा प्रतिष्ठान अन्तर्गत सेन्टेनियल स्कूल संचालनमा रहेको छ ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा रहदा र अध्ययन गर्दाका सुखद अनुभव साटासाट गरेका थिए । यही चैत्र ७ गतेबाट शुरु हुने एसईई परीक्षामा सेन्टेनियल स्कूलबाट २८ जना विद्यार्थी सहभागी हुँदैछन ।
अन्तिम अपडेट : २०८१ चैत्र ४ गते ०६:४१ बजे
Comments