सर्वनाम शिक्षालयले मनायो २३ औं अभिभावक दिवस,सिवाकोटीद्वारा खुसी व्यक्त (फोटो फिचर)

  • झरना खबर
  • २०८१ फाल्गुण ३० गते ००:२६ बजे प्रकाशित

जोरपाटी - गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-६ मा अवस्थित सर्वनाम शिक्षालयले आफ्नो २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

जोरपाटीमा स्थित छिमेकी पार्टी प्यालेसको सभाहलमा पहिलो र दोस्रो सत्रका रुपमा विद्यालयका प्राचार्य (प्रिसिन्पल) दुर्गा नाथ सिवाकोटीको सभापतित्वमा अभिभावक दिवस मनाएको हो ।विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको उक्त कार्यक्रमको पहिलो सत्रमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम बिहान १० बजेदेखि सुरु भएको थियो । त्यस्तै कार्यक्रमको विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाकी नगर उप-प्रमुख सान्नानी लामा र वडा नम्बर-६ का वडा अध्यक्ष नवराज लामाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसालद्वारा पानसमा दिप प्रज्वलन गरेर गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल दुर्गा नाथ सिवाकोटीले स्वागत मन्तव्य राख्दै विद्यालयको प्रगती विवरण प्रस्तुत गर्नुका साथै शैक्षिक उपलब्धीका वारेमा अभिभावकलाई जानकारी समेत गराएका थिए ।वार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा पहिलो सत्रका प्रमुख अतिथि नगर प्रमुख दिपक कुमार रिसालले मन्तव्य राख्दै विद्यालयको आगामी उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । उनले सर्वनाम शिक्षालयले निरन्तर विभिन्न क्रियाकलापहरु गर्दै आएकोमा खुसी व्यक्त गर्दै सर्वनाम शिक्षालय एउटा छुट्टै स्कुलका रुपमा स्थापित भएर विद्यार्थीहरुलाई गुणस्तरिय र प्रयोगात्मक सिपका आधारमा शिक्षा प्रदान गर्दै आएकोमा नगरपालिकाको तर्फबाट हुने सहयोग सधैं गर्ने बताए ।

त्यस्तै कार्यक्रममा दोस्रो सत्रका प्रमुख अतिथि रहेका काठमाण्डौं क्षेत्र नम्बर-३ का संघीय सांसद सन्तोष चालिसेले बोल्दै  विद्यालयले उत्कृस्ट शिक्षा प्रदान गर्दै आएकोमा धन्यवाद व्यक्त गरेका थिए । उनले विद्यार्थीहरुको रुचि र क्षमतालाई उजागर गर्दै अभिभाबक तथा राष्ट्रको सपना पुरा गर्न सर्वनाम शिक्षालयले कुनै कसुर बाकि राख्न नहुने बताए ।सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको उत्कृष्ट साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रममा स्कुलले विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ । विद्यार्थीहरुले प्रस्तुत गरेका विभिन्न रोमान्चक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कला र सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।कक्षा नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको यस स्कुलले आगामी शैक्षिक सत्रदेखि नयाँ माध्यमबाट कक्षा संचालन गर्ने तयारी गरेको विद्यालयका प्रिन्सिपल दुर्गा नाथ सिवाकोटीले बताएका छन् । त्यस्तै सिवाकोटीले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्न सर्वनाम शिक्षालय सधैं तयार रहेको बताए ।

कार्यक्रममा विभिन्न स्कुल तथा कलेजका प्राचार्य , शिक्षक तथा विद्यालयका कर्मचारी लयाएतको उपस्थिति रहेको थियो । विद्यालयले विभिन्न शैक्षिक ब्यक्तित्व, अभिभाबक तथा विद्यार्थीहरुको उपस्थितिमा वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको आयोजना गरेको हो । अभिभावक दिवस कार्यक्रमको अवधिभर अभिभावक तथा विद्यार्थीहरुको उत्साह नियाल्दा विद्यालयको सफलता स्पष्ट देख्न सकिन्थ्यो ।समय समयमा विद्यार्थी , अभिभावक, शिक्षकहरुको मनोविज्ञानलाई मध्यनजर गरि हौसला बढाउने विभिन्न कार्यक्रमहरु गर्दै आएको यस स्कुलले यस्ता विभिन्न प्रकारका क्रियाकलापले समाजका हरेक पक्षको हौसला बढाई सकरात्मक भावको विकासमा उर्जा भर्ने कार्य गरिरहेको छ ।

कार्यक्रममा सबै विद्यार्थीहरुलाई अभिभावकसंगै पुरस्कारबाट गरेको सम्मान निकै आकर्षक र लोभलाग्दो देखिन्थ्यो । उत्कृस्ट शिक्षाको प्रतिबिम्ब उपस्थित अभिभावक, विद्यार्थी तथा विद्यालय संचालकको अनुहारमा छर्लङ्ग देख्न सकिन्थ्यो ।

यस विद्यालयले कहिले वातावरण संरक्षणका विषयमा समाजमा जनचेतना अभिबृद्धि गर्ने, महिला हिँसा बिरुद्ध कार्यक्रम गर्ने, कहिले दुर्वेशनी बिरुद्ध सामाजिक क्रियाकलापमा सहभागि भै शैक्षिक तथा सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ।उक्त कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेको साङितिक प्रस्तुतिले कार्यक्रमको रौनकतामा फरक पारेका थिए। अभिभावकहरुले खुलेरै विद्यालयको प्रशंसा गरिरहेका थिए। “यो सफलता वास्तवमा अभिभावक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरुको सार्थक प्रयासलाई विद्यालय प्रशासनले संयोजन मात्र गरेको हो, र हामि सबैको सामुहिक प्रयासको नतिजा स्वरुप २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँन पाएका हौं भन्दै प्रिन्सिपल सिवाकोटीले खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित समाचारहरू

Comments