जोरपाटीमा ' कुटुम्ब शतवार्षिक ' कार्निभल सम्पन्न (फोटो फिचर)
- झरना खबर
- २०८१ फाल्गुण २६ गते ००:४२ बजे प्रकाशित

काठमाण्डौं - गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-५ जोरपाटी स्थित कुटुम्ब कलेजद्वारा आयोजित ' कुटुम्ब शतवार्षिक ' कार्निभल सम्पन्न भएको छ । विद्यालयले कक्षागत रुपमा अभ्यास गरिने सिकाइलाई समुदायसम्म पुर्याउने उद्देश्यले उक्त कार्निभलको आयोजना गरेको हो ।
शनिबार आयोजना गरिएको 'कुटुम्ब शतवार्षिक' कार्निभलमा कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको एकीकृत पाठ्यक्रममा आधारित प्रदर्शनी, स्थानीय पाठ्यक्रम केन्द्रित खाद्य मेला, चित्रकला जस्ता परियोजनाहरु समावेश गरिएका थिए ।
अन्तरक्रियात्मक खेल र सांगीतिक प्रस्तुति समेत रहेको उक्त कार्निभलमा विशेष आकर्षणको रुपमा चर्चित गायीका रचना रिमाल रहेकी थिइन् । कार्यक्रममा रचना रिमालले विभिन्न सांगीतिक प्रस्तुति मार्फत विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।
कार्निभलमा विद्यार्थी , अभिभावक र विद्यालय कर्मचारी प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो । स्कुलले आयोजना गरेको 'कुटुम्ब शतवार्षिक' कार्निभलको प्रयास सराहना योग्य रहेको छ ।
यस्ता कार्यक्रमले विद्यार्थीलाई रचनात्मक ढंगले सिकाइ प्रक्रियामा सहयोग गर्दै उनीहरुको आत्मविश्वासलाई समेत प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ । विद्यालयको शिक्षण सिकाइका अभ्यासलाई अझै रचनात्मक ढंगले अघि बढाउँदै समुदायसँगको सहकार्यलाई झनै बलियो बनाउने प्रतिवद्धता विद्यालयले गरेको छ ।
अन्तिम अपडेट : २०८१ फाल्गुण २६ गते ०१:०० बजे
Comments