लिबर्टी एकेडेमीले मनायो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

  • झरना खबर
  • २०८१ फाल्गुण २६ गते ००:१७ बजे प्रकाशित

जोरपाटी - गोकर्णेश्वर नगरपालिका वडा नम्बर-८ अत्तरखेलमा रहेको लिबर्टी एकेडेमी सेकेण्डरी स्कुलले हिजो आइबार आफ्नो २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

जोरपाटीमा स्थित छिमेकी पार्टी प्यालेसको सभाहलमा विद्यालयका प्राचार्य (प्रिसिन्पल) ओम प्रसाद ढकालको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा काठमाण्डौं क्षेत्र नंबर-३ की संघीय सांसद शान्ति श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम बिहान १० बजेदेखि सुरु भएको थियो ।त्यस्तै कार्यक्रमको विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाकी नगर उप-प्रमुख सान्नानी लामा, शिक्षा शाखा प्रमुख बिर बहादुर खड्का , युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा र  काठमाण्डौं जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाको उपस्थित रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय शान्ति श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल ओम प्रसाद ढकालले स्वागत मन्तव्य राख्दै विद्यालयको प्रगती विवरण प्रस्तुत गर्नुका साथै शैक्षिक उपलब्धीका वारेमा अभिभावकललाई जानकारी समेत गराएका थिए । उनले नेपालमा नै गुणस्तर शिक्षा दिएर विदेश पलायन हुनबाट विद्यार्थीहरुलाई रोक्ने कार्यमा यस विद्यालयले पहल समेत थालेको बताएका छन् ।वार्षिकोत्सव तथा अभिभावक दिवसको सन्दर्भमा प्रमुख अतिथि काठमाण्डौं क्षेत्र नंबर-३ की संघीय सांसद शान्ति श्रेष्ठले मन्तव्य राख्दै विद्यालयको आगामी उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेकी थिइन्  । त्यस्तै कार्यक्रममा बोल्दै काठमाण्डौं जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले लिबर्टी एकेडेमी सेकेण्डरी स्कुलले एउटा छुट्टै स्कुलका रुपमा स्थापति भएर विद्यार्थीहरुलाई गुणस्तरिय र प्रयोगात्मक सिपका आधारमा शिक्षा प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्दै प्याब्सनको तर्फबाट हुने सहयोग सधैं गर्ने बताए ।सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको उत्कृष्ट साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रममा स्कुलले विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ । विद्यार्थीहरुले प्रस्तुत गरेका विभिन्न रोमान्चक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कला र सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । लगभग एक हजार जना भन्दा बढि अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न अतिरिक्त तथा शैक्षिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।कक्षा नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको यस स्कुलले आगामी शैक्षिक सत्रदेखि नयाँ माध्यमबाट कक्षा संचालन गर्ने तयारी गरेको विद्यालयका प्रिन्सिपल ओम ढकालले बताएका छन् । त्यस्तै ढकालले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्न लिबर्टी एकेडेमी सेकेण्डरी स्कुल सधैं तयार रहेको बताए ।कार्यक्रममा विभिन्न स्कुल तथा कलेजका प्राचार्य , शिक्षक तथा विद्यालयका कर्मचारी लयाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

Comments