प्याब्सनको १६ औं महाधिवेशनमा हरि कृष्ण श्रेष्ठको उप-महासचिवमा उम्मेदवारी,यस्ता छन् निर्वाचन जित्ने आधार

  • झरना खबर
  • २०८१ फाल्गुण २४ गते ००:३० बजे प्रकाशित

काठमाण्डौं - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनमा शिक्षा विज्ञ हरि कृष्ण श्रेष्ठले केन्द्रिय उप-महासचिव पदमा उम्मेदवारी दिएका छन् । यही फागुन २६ र २७ गते काठमाण्डौमा हुन गइरहेको प्याब्सनको १६ औं महाधिवेशनमा सुदृढ संगठन,सक्षम नेतृत्व र पेशागत तथा व्यावसायिक संगठन निर्माणमा बैचारिक एवम् गतिशील नेतृत्व चयनका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले बताएका छन् ।

शिक्षा क्षेत्रमा निकै लोकप्रिय मानिने श्रेष्ठ गुणस्तरीय शिक्षाको विकासका सारथी मानिन्छन् । समग्र शिक्षाको विकास हाम्रो आवश्यकता हो,भन्ने भाव बोकेका श्रेष्ठले आफुले प्याब्सनको उप-महासचिव जित्नेमा कुनै शंका नरहेको बताएका छन् ।

झरना खबरबाट प्रसारणहुने नियमित कार्यक्रम 'हाम्रो चासो' मा पत्रकार टि एन धमला सँगको कुराकानीमा श्रेष्ठले उप-महासचिवमा  निर्वाचित भएर समग्र शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले आगामी दिनमा विद्यार्थी र अभिभावकलाई ढुक्क रहन समेत आग्रह गरे । आफ्नो कार्यकालमा शिक्षामा देखिएका सम्पूर्ण कमजोरिलाई सुधार्ने र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् । उनी निजी विद्यालयहरुको सञ्चालन र हकहितको संरक्षणमा तीन दशकदेखि सक्रिय रुपमा रहेका छन् ।

पत्रकार धमलाले राखेको तपाईको उप-महासचिव पदमा उम्मेदवारी किन ? भन्ने प्रश्नमा जवाफ दिदै श्रेष्ठले साहसिक र अनुभवसिद्ध नेतृत्व स्थापित गर्न तथा निजि विद्यालय मैत्री शिक्षा ऐन ल्याउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले संगठनलाई एकताबद्ध ,सुदृढ र बैधानिक बनाउन र संगठनको आर्थिक पारदर्शीता कायम राख्न लागि पर्ने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय संचालकहरुको लगानी तथा स्वामित्वको रक्षा गर्न र सामुहिक नेतृत्वको पद्धति विकास गर्न श्रेष्ठको योगदान महत्वपूर्ण मानिन्छ । प्याब्सनले राज्यका निकायहरुमा पहुँच स्थापित गर्न नसकिरहेका बेला पेशागत र व्यावसायिक संगठन निर्माण गर्न पनि उनको उम्मेदवारी महत्वपूर्ण रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संगठनलाई उचो राख्न,साना तथा मझौला विद्यालयहरू बिच सह-अस्तित्व कायम राख्न र संगठनात्मक पद्धतिको रचनात्मक विकास गर्न श्रेष्ठ निकै माहिर मानिन्छन् । बौद्धिक संगठनको पहिचान गर्न पनि उनी अब्बल रहेका छन् ।

प्याब्सन जस्तो संगठनले शिक्षालाई ऐतिहासिक र आधुनिकीकरण गर्न जरुरी छ । आजको २१ औं शताब्दी सुहाउँदो बैज्ञानिक शिक्षा लागु गर्नु अर्को अभिभारा पनि प्याब्सनलाई छ । सोही अनुरुपको दक्ष जनशक्ति उत्पादनको ब्यबस्था गर्न र शिक्षाका राष्ट्रिय उदेश्य प्राप्तिमा निजि विद्यालयको तर्फबाट योगदान पुर्याउन श्रेष्ठको उम्मेदवारी रहेको बताइन्छ । उनले विभेदकारी आरक्षण छात्रवृत्तिको अन्त्य गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा निजी विद्यालयहरुको पहुँच स्थापित गर्ने र सदाबहार प्याब्सनको झण्डा फहराईरहने बताएका छन् । काठमाडौं जिल्ला प्याब्सनको अध्यक्ष जस्तो पदमा रहेर दुई कार्यकाल काम गरिसकेका हरि कृष्ण श्रेष्ठ शिक्षा क्षेत्रका अब्बल नक्षेत्र हुन् ।

देशको परिवर्तनकारी शिक्षाको इतिहास हेर्दा सम्पूर्ण परिवर्तनको सफलतामा शिक्षाविज्ञहरुको भूमिका महत्वपूर्ण रहेको छ । विद्यार्थीहरुको दु:खमा साथ दिने र सरकारलाई झकझक्याउने अग्रपंक्तिमा शिक्षासेवी र शिक्षा क्षेत्रका व्यक्ति नै हुन्छन् । हरेक आन्दोलनलाई निर्णायक बनाउने शक्ति शैक्षिक विज्ञतामा हुन्छ , तीनै व्यक्ति मध्य एक हुन् हरि कृष्ण श्रेष्ठ । यही फागुन २६ र २७ गते काठमाण्डौमा हुन गइरहेको प्याब्सनको १६ औं महाधिवेशनमा आफुलाई उप-महासचिव पदमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् ।

निजी तथा आवासीय विद्यालयका संचालकले मतदानको माध्यमबाट आफ्नो छाता संगठनको उप-महासचिव छान्ने अधिकार प्रयोग गर्ने बेला आएको छ । गोकर्णेश्वर नगरपलिकामा संचालित विद्या व्यायम बोर्डिङ स्कुलका संचालक समेत रहेका शिक्षासेवी श्रेष्ठ फागुन २६ र २७ गते हुने प्याब्सनको निर्वाचनबाट उप-महासचिव बन्ने सम्भावना बलियो रहेको छ । बलियो र दुरदर्शी प्याब्सनिष्ट तथा नेतृत्वको अभावमा प्याब्सनले अपेक्षित छलाङ मार्न नसकिरहेको अवस्थामा श्रेष्ठ अबको प्याब्सनको उप-महासचिव बन्ने बलियो सम्भावना रहेको हो ।

शिक्षाको मुहार कसरी फेर्न सकिन्छ र शैक्षिक विकासका योजनाहरु दिगो रुपमा कसरी स्थापित हुन्छन ? भन्नेकुरा नेतृत्वसँग जोडिएको हुन्छ , श्रेष्ठ तीनै गुणले उपयुक्त पात्रका रुपमा देखिएका छन् ।  उनी शिक्षाको मुहार फेर्न अभिभावक र विद्यार्थीका हरेक समस्यासँँग प्रत्यक्ष जोडिन सक्ने दुरदर्शी विज्ञका रुपमा चिनिएका व्यक्ति हुन् ।

सैद्धान्तिक-बैचारिक एवम् प्रखर बक्ताका रुपमा समेत चिनिएका श्रेष्ठ प्याब्सनको उप-महासचिव बन्ने सम्भावित चर्चामा रहेका छन् । सबैसँग मिल्न सक्ने र शिक्षा क्षेत्रमा समर्पित शैक्षिक विकास र सुधारमा राम्रो ज्ञान भएका श्रेष्ठ प्रखर बक्ताका रुपमा समेत चिनिन्छन्  । उनी इमान्दार र प्रचुर लिडरसिपको क्षमता भएका उम्मेदवार रहेका छन् ।

सम्बन्धित समाचारहरू

Comments