
काठमाडौं - सभामुख देवराज घिमिरेले सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त रहेको बताउनु भएको छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल इमान को दोस्रो वार्षिक उत्सवलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सशक्त प्रेसले आर्थिक विकास र नीति निर्माणमा समेत सहयोग पुर्याउने बताउनु भएको हो ।
लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली हो’ सभामुख घिमिरेले भन्नुभयो । उहाँले यस अनुकुलको नीति नेपालले अवलम्बन गर्दै आएको समेत बताउनु भयो ।
‘संविधानले नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ भने सूचना प्राप्त गर्ने हकको प्रत्याभूति गरेको छ’ सभामुख घिमिरेले भन्नुभयो ।
अन्तिम अपडेट : २०८१ फाल्गुण २३ गते ०६:०० बजे
Comments