
काठमाडौ - उपत्यकास्तरीय उप-प्रमुख र उपाध्यक्ष सञ्जालको आठौं बैठक सम्पन्न भएको छ । आइतबार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा ट्रयाङ्क्युलिटी प्याराडाईज रिसार्टमा आयोजित आयोजित कार्यक्रमकाबिच आठौं बैठक सम्पन्न भएको हो । पालिकाहरुको काम के कसरी भएका छन्, अझ प्रभावकारीरुपमा काम कसरी अगाडि बढाउन सकिन्छ, उपत्यकाभित्रका पालिकालाई कसरी अझ प्रभावकारी नतिजा ल्याउने भन्ने विषयमा छलफल गरिएको छ ।
बैठकमा स्थानीय तहमा भएका असल अभ्यासलाई अर्को पालिकामा लागू गर्न पहल गर्नुपर्ने, एकअर्को स्थानीय तहको अवलोकन भ्रमण गरी कार्य प्रकृतिलाई एउटै ढाँचामा ल्याउनुपर्ने लगायतका विषयमा सबै पालिकाले ध्यान दिनुपर्ने विषयमा समेत छलफल भएको हो ।बैठकमा पैदलयात्रु मैत्री सडक, रैथाने उत्पादनलाई ब्राण्डिङ तथा प्रवद्र्धन, फोहर व्यवस्थापन लगायतका विषयमा सरकारले चासो दिनुपर्ने कुरामा समेत चर्चा भएको गोकर्णेश्वर नगरपालिकाकी नगर उप प्रमुख सान्नानी लामाले बताएकी छन् ।
उनले भनिन्, “सबै जना एकै ठाउँमा बसेर छलफल गरेर काम अगाडि बढाउँदा धेरै कुरा जान्न, बुझ्न, सिक्न र कार्यान्वयन गर्न पनि सहज भएको छ, आगामी दिनमा अझ प्रभावकारीरुपमा काम गर्न हौसलासमेत भएको छ, चुनौतीलाई कसरी समाधान गर्ने र आगामी योजना बनाउनसमेत सहज भएको छ ।”
अन्तिम अपडेट : २०८१ फाल्गुण १९ गते २३:१९ बजे
Comments